Sat. Jan 18th, 2020

घरेलु मदिरा फेला पारि नष्ट गरियो

२९ पुस, धादिङ –

मंगलवार प्रहरीले घरेल मदिरा नष्ट गरेको छ । धादिङ निलकण्ठ नगरपालिका ३ पुच्छारबजार स्थित चेकजाँच गर्ने क्रममा फेला परेको हो । अस्थाथी प्रहरीको चेकजाँच अनुसार ४ जना व्यक्तीहरुले ६ वटा ग्यालनमा ९० लिटर घरेलु मदिरा बोकी लिई आईरहेको अबस्थामाफेला पारेको छ ।
पुच्छारबजार बाट प्रशासनिकको कमाण्डमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा फेला पारीएको हो र यसलाई प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ र आजको समयमा स्थानियबासी तथा सम्बन्धित व्यक्तीहरु र प्रहरी लगायतको रोहबरमा ९० लिटर घरेलु मदिरा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयले बताए ।

२०७६ पुस २९ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: