Sat. Jan 18th, 2020

धादिङको धुवाँकोट र खाल्टेमा २३ हल गोरु जुधाइयो


१ माघ, धादिङ –


माघ १ गते पहाडमा माघेसंक्रान्ति र तराईमा माघी पर्वको उल्लास छाएको छ । माघे संक्रान्ति भन्ने बित्तिकै देशका बिभिन्न ठाउँमा घयु चाकु, तरुल खाएर मनाईने प्रचलन रहेको छ तर यसै मेसोमा धादिङमा भने गोरु जुधाएर माघी वर्ष मनाइएको छ । जिल्लाको नीलकण्ठ नगरपालिका वडा नं १४ को धुवाँकोटमा १६ हल र नीलकण्ठ नगरपालिका वडा नं – ५ खाल्टेमा ७ गरी २३ हल गोरु जुधाइएको छ ।

खाल्टेमा चमेरे गुफा संरक्षण समाजले छैटो पटक प्रतियोगीताको आयोजना गरिएको अध्यक्ष पीतम श्रेष्ठले बताए । धुवाँकोटमा धुँवाकोट सांस्कृतिक संरक्षण एवम पर्यटन प्रबद्र्धन र भगेरी युवा क्लब धुँवाकोटको सयुक्त आयोजनामा प्रतियोगीता गरिएको हो । कार्यक्रमको अवसरमा विभिन्न साँस्कृतिक प्रस्तुतीहरु समेत भएको थियो । दुवै ठाउँमा पर्यटन वर्ष २०२० लाई प्रवद्र्धन गर्न र भ्रमण वर्षलाई सफल बनाउन आयोजना गरिएको हो ।

रसुवा, नुवोकाट र धादिङमा माघेसंक्रान्तीको दिन गोरु जुधाउने परम्परा छ । जनावर जुधाएर आनन्द लिने मानिसको यो परम्परासँग ऐतिहासिक महत्व पनि जोडिएको छ । माघेसंक्रान्तीको उत्सव अन्तरगत एउटा परम्परागत परम्परा हो गोरु जुधाउने । ऐतिहासिक प्रमाण नभेटिए पनि गोरु जुधाई परम्परा सय वर्षभन्दा पूरानो मानिन्छ । रसुवा, नुवाकोट र धादिङ तीनै जिल्लामा गोरु जुधाउने यो परम्परा नेपाल र तिब्बत बीचको भोट सन्धी १९४९ संग जोडिएको छ ।

२०७६ माघ १ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: