Sat. Sep 19th, 2020

यूएई बस दुर्घटनामा एक नेपालीको मृत्यु १६ घाइते

४ माघ , काठमाडौ –

यूएईको आबुधाबीमा भएको मिनी बस दुर्घटनामा एक जना नेपाली नागरिकको मृत्यु भएको पुष्टि भएको छ । आबुधाबीस्थित नेपाली दूतावासका श्रम काउन्सिलर भेषबहादुर कार्कीका अनुसार दुर्घटनामा झापाकी कृष्णकुमारी अधिकारीको मृत्यु भएको हो ।

बिहीबार बिहान अधिकांश नेपाली कामदार चढेको मिनिबस आबुधाबीको शेख जायद बिन सुल्तान सडकमा लरीसँग ठोक्किएको थियो। दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्। घाइतेमध्ये १६ जना नेपाली नागरिक रहेको दूतावासले जनाएको छ।

घाइतेहरुको माफराक र अन्य अस्पतालहरुमा उपचार भइरहेको दूतावासले जनाएको छ। यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले अस्पतालमा पुगेर घाइतेहरुलाई भेटेका छन्।

आबुधाबी प्रहरीका अनुसार एउटा कारको हेलचेक्र्याइँका बस दुर्घटनामा परेको हो। कामदार चढेको बसले गति कम गर्न नसक्दा अगाडि रहेको लरीसँग ठोक्किएकोप्रहरीले सार्वजनिक गरेको भिडियोमा देखिन्छ। लरीले अगाडिगुडिरहेको कार एक्कासि रोकिएपछिगति कम गरेका थिए।

२०७६ माघ ३ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: