Tue. Feb 18th, 2020

धादिङको गजुरीबाट लागुऔषधसहित दुई जना पक्राउ

३ माघ, धादिङ –


धादिङको गजुरी गाउँपालिका वडा नं १ गजुरीबजारबाट लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँबाट लमजुङतर्फ जाँदै गरेको ना ६ ख १७६० नम्बरको यात्रुबाहक बसमा चेकजाँचका क्रममा लागुऔषध भेटिएको प्रहरीले जानकारी दिए । पक्राउ पर्ने तनहुँको बन्दिपुर नगरपालिका वडा नं १ बस्ने १९ वर्षीय हेमन्त गुरुङ र भानु नगरपालिका वडा नं १ का १८ वर्षीय सन्दिप परियार रहेका छन् ।

विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय गजुरी धादिङका प्रहरी निरीक्षक भोजराज पाण्डेयको कमाण्डमा खटिएको प्रहरीले टोलीले पक्राउ गर्न सफल भएको हो ।

कपडाको झोलामा लुकाई ल्याएको लागुऔषध स्पासमो ट्याप्लेट (SPASMO TABLET) दुईहजार पिस र ट्रामडोल ( TRAMADOL ) ४५०० पिस लागुऔषध समेत बरामद गरिएको प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । लागुऔषध सहित पक्राउ परेका दुवैजनालाई नियन्त्रणमा लिई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य भइरहेको खड्काले बताए ।

२०७६ माघ ३ गते प्रकाशित

Loading...