Sat. Sep 19th, 2020

नारायणगढ मुग्लिन सडकमा सुख्खा पहिरो

८ माघ , चितवन

नारायणगढ मुग्लिन सडकको चार किलोमा मंगलबार राति सुख्खा पहिरो खसेको छ । मंगलबार राति नौ बजेतिर चार किलोमा सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालले बताए ।उनका अनुसार राति नै पहिरो हटाएर बिहान पौने तीन बजे सडक सञ्चालन गराइएको हो ।

रातभर गाडी रोकिएका कारण बिहानपख सडकमा केही जाम देखिए पनि यो समस्या लामो समय नरहने चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताए ।

२०७६ माघ ८ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: