केशव पाठक, पोखरा – “प्रभावित हरुका लागि ह्याण्डवल” भन्ने मुल नाराका साथ जेठ १५ गते देखि पोखरामा सुरु भएको कसमस कप अन्तरविद्यालय ह्याण्डवल प्रतियोगिताकोे छात्रा तर्फको उपाधी माउन्ट अन्नपुर्ण र छात्रको उपाधी लिटिल स्टेप उच्च मावीले प्राप्त गरेका छन ।
सोमवार सम्पन्न फाइनल खेलमा माउन्ट अन्नपुर्णले छात्रा तर्फको उपाधी प्राप्त गर्न लिटिल स्टेप उच्च मावीलाई १२–२ को गोल अन्तरले पाखा लगायो । माउन्ट अन्नपुर्णले नगद १० हजार सहित कसमस कप उचाल्यो भने लिटिल स्टेपले नगद ५ हजार प्राप्त गर्यो । उपाधी प्राप्त गर्न माउन्ट अन्नपुर्णका एलिना पुन एक्लैले खेलमा ११ गोल गरिन । उनले प्रतियोगिताको सर्वाधिक गोल कत्र्ता वन्दै वेष्ट स्कोररको उपाधी सङ्गै नगद एक हजार पाइन । छात्रा तर्फ सृजना उच्च मावीले तेश्रो स्थान हासिल गर्यो । सृजनाले मनकामना वोर्डिङ्गलाई २–१ गोलले पराजित गर्यो । सृजनाले नगद ३ हजार पायो ।
यसै गरि छात्र तर्फको उपाधी भिडन्तमा लिटिल स्टेपले शैनिक आवाशिय महाविद्यालयलाई २८–९ को गोल अन्तरले पाखा लगाउँदै कसमस कपका साथै नगद १० हजार प्राप्त गर्यो । टिमलाई जिताउन लिटिल स्टेपका सुजन भुजेलले १२ गोल गरेका थिए । सैनिक आवाशिय उपविजेता बन्दै नगद पाँच हजार पायो भने माउन्ट अन्नपुर्ण तेश्रो स्थानमा चित्त बुझाउँदै नगद तिन हजार प्राप्त गर्यो । तेश्रो स्थानका लागि माउन्ट अन्नपुर्णले कास्की मोर्डनाइज्डलाई १६–११ गोलले हरायो । माउन्ट अन्नपुर्णका छात्र महेन्द्र पुन प्रतियोगिताको सर्वाधिक गोल कत्र्ता वेष्ट स्कोररको उपाधी सङ्गै नगद एक हजार पाए । उनले प्रतियोगिता भरि २८ गोल गरेका थिए ।
वेष्ट प्लेयर छात्र तर्फकोे उपाधी माउन्ट अन्नपुर्णकी एलिना पुन र छात्र तर्फ लिटिल स्टेपका रोहित गुरुङ्ग घोषित भए । उनिहरुले नगद एक एक हजार सहित ट्रफी प्राप्त गरे । प्रतियोगितामा छात्रा तर्फ गण्डकी वोर्डीङ्ग स्कुल र छात्र तर्फ सोसल पव्लिक स्कुलले फेयर प्ले टिमको पुरुस्कार पाएका छन । दुवै विद्यालयले नगद एक हजार सहित फेयर प्ले ट्रफी प्राप्त गरे ।
विजयी विद्यालय टिम र खेलाडीहरुलाई शसस्त्र प्रहरी वल मुक्तिनाथका वाहिनीपती डिआइजी जानकी राज भट्टराई, नेपाल ह्याण्डवल संघका अध्यक्ष तेज गुरुङ्ग, जिल्ला ह्याण्डवल संघका अध्यक्ष शेर वहादुर गुरुङ्ग, प्रतियोगिताका संयोजक मिन गुरुङ्ग, कसमस कलेजका अध्यक्ष महेन्द्र श्रेष्ठ लगाएतले ट्रफी, मेडल, प्रमाणपत्र र नगद पुरुस्कार वितरण गरेका थिए ।
प्रतियोगिता कास्की जिल्ला ह्याण्डवल संघको आयोजना कसमस इन्टरनेशनल कलेजको प्रायोजन तथा जिल्ला खेलकुद विकास समितीको तत्वाधान र विद्यालय ह्याण्डवल संघ कास्कीको सहयोगमा भएको हो । प्रतियोगिता आयोजना गर्न कसमस इन्टरनेशनल कलेजले कास्की जिल्ला ह्याण्डवल संग तिन वर्षका लागि सम्झौता गरेको छ । जेठ १५ गते सुरु भएको प्रतियोगितामा २१ विद्यालयका छात्रा तर्फ १९ र छात्र तर्फ १८ गरि ३७ टिमको सहभागिता रहेको थियो ।