Tue. Feb 18th, 2020

दुर्घटना पछि नीलकण्ठ नगरपालीका–२ स्थित भुलभुले गाँउ सोकमा

९ माघ , धादिङ –

नीलकण्ठ नगरपालीका–२ स्थित भुलभुले गाँउ सोकमा परेको छ ।ज्वालमुखी गाउँपालीकाको ढोलामाण्डीबाट धादिङको भुलभुलेतर्फ आउदै गरेको ग १ ख ८०१२ नम्वरको आईचर ट्रक दुर्घटनामा एउटै टोलको चार जना सहित सात जनाको मृत्युका कारण गाँउ नै शोकमा परेको हो ।
सोही दुर्घटनामा गाउँका ३४ जना अन्य मानिसहरु घाईते भएका छन् ।
गुरुङ्ग समुदायका मानिसहरुको मात्र बसोवास रहेको सो गाउँका एक जान बाहेक सबै मृतक एउटै समुदायका छन् ।
घाईतेहरुको उपचारका लागी धादिङ र काठमाण्डौका विभिन्न अस्पतालमा छन् भने गाउँमा बालवालीका र महिला मात्र छन् ।
गाउँले सबै जसो घाईते भएका कारण अब लाश उठाउने मानिस समेत नभएको भुलभुलेका स्थानीस्यहरुको भनाई छ ।

गाउँमा निकै ठुलो विपत आई लागेको भन्दै गाउँलेहरु निकै खिन्न छन् । युवाहरु बैदेशीक रोजागारीमा बुढापाकाहरु सबै घाईते भए पछी समस्या आएको उनिहरुको भनाई छ ।
मंगलवारको दिन लाग्ने ढोला मण्डली माईको पुजा सकेर फर्केका उनिहरु ४१ जना सवार ट्रक दुर्त गतिका कारण नीलकण्ठ नगरपालीका–८ स्थित मैदिभञ्ज्याङ्ग भन्ने ठाँउ नजिकै दुर्घटनामा परेको हो ।

२०७६ माघ ९ गते प्रकाशित

Loading...