Fri. Mar 29th, 2024

गजुरीमा संचालित खानेपानी आयोजनाको अनुगमन


१२, माघ, धादिङ

धादिङको गजुरी गाउँपालिकामा निर्माण हुँदै गरेको खानेपानी आयोजनाको अनुगमन गरिएको छ । वडा नं ५ स्थित पीडा खानेपानी आयोजना निर्माण गरिरहेको छ । निर्माणाधिन पिडा खानेपानीको आयोजनाको विकास साझेदारहरुबाट संयुक्त रुपमा शनिबार स्थलगत अनुगमन गरिएको हो ।

गाउँपालिका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेत, वडाध्यक्षहरु, उपभोक्ता समितिको सहभागितामा स्थलगत अनुगमन गरिएको हो । अनुगमनको क्रममा आफ्नो भनाई राख्दै गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेतले गाउँपालिकालाई तिर्खा मुक्त गाउँपालिका बनाउने लक्ष्य अनुसार प्रयास नेपाल धादिङ सँग समन्वय र सहकार्य गर्दै खानेपानी योजना संचालन गरिएको बताए ।

पुर्णिामा परियोजना अन्तगत प्रयास नेपाल धादिङले, गजुरी गाउँपालिका र स्थानीय उपभोक्ताहरुको श्रमदान समेत गरेर २ करोड १४ लाखमा खानेपानी आयोजना सम्पन्न हुने प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले बताए । आयोजनाले गजुरी गाउँपालिका वडा नं ५ र ६ का १ सय ५७ घरधुरी सहित ३ सय ५० भन्दा बढी बिद्यार्थी अध्ययनरत १ मा.बि बिद्यालय र २ वटा सामुदायिक भवनमा समेत गरि १ सय ६० धारा जडान गरि आयोजना सम्पन्न हुने अर्यालले बताएकी थिईन् । यस आयोजना सम्पन्न पछि गजुरी गाउँपालिका वडा नं ५ र ६ का १ सय ५७ घरधुरीका ९ सय २४ जनाले प्रत्यक्ष सेवा पाउने खानेपानी उपभोक्ता समितिका अध्यक्ष दिनेश भण्डारीले बताए ।

२०७६ माघ १२ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: