Thu. Oct 10th, 2024

विजुलीको पोल सार्न बजारबासीको माग

IMG_8928
धादिङ – सदरमुकाम धादिङबेसी पुछारबजार चोकका स्थानियहरुले भुकम्पको कारण जिर्ण बनेको बिजुलीको पोल परिवर्तन गर्न माग गरेका छन् ।

धेरै बर्षदेखी प्रयोगमा आएको विजुलीको पोल खिया लागेर भाँचिने अवस्थामा पुगेकोले परिवर्तन गर्न स्थानीय बासिन्दाले माग गरेका हुन् । अन्य स्थानमा लैजाने तारहरुको लोडको कारण जिर्ण बिजुलीको पोलबाट कुनैपनि बेला दुर्घटना हुन सक्ने भन्दै स्थानीय बासिले नेपाल विद्युत प्राधिकरण धादिङ शाखाको ध्यानकर्षण समेत गराएका छन् । घरअगाडी रहेको पोल जीर्ण भएर ढल्न लागेको र यसले ठुलो दुर्घटना निम्त्याउने भन्दै पोल परिवर्तन गर्न माग गरिएको स्थानिय शिव दुवाडीले बताउनुभयो ।

गत वैशाख १२ गते आएको विनाशकारी भुकम्पपछि पुछारबजारमा रहेको ट्रान्सफर्मर पनि हल्लिएर झर्न लागेको अवस्थामा पनि विद्युत प्राधिकरणलाइ पटक पटक जानकारी गराउदा समेत सम्वोधन नभएपछि लिखित रुपमा ज्ञापनपत्र बुझाउनुपरेको स्थानियहरुले बताएका छन् । यता विद्युत प्राधिकरण धादिङका शाखाका प्रमुख मनोज कुमार झाले पोल परिवर्तन गर्ने स्थानीय बासिको मागलाई सम्बोधन गर्ने प्रतिवद्धता जनाउनु भएको छ । पोल परिवर्तनको लागि प्रक्रिया समेत अगाडी बढाईसकेको झाले दावी गर्नुभयो । यो सँगै सदरमुकाम धादिङबेसीका जिर्ण बन्दै गएका अन्य पोलहरु पनि सुधार गर्ने झाले बताउनु भयो ।

About The Author

अन्य समाचारहरु: