Thu. Oct 10th, 2024

सहकारीद्धारा धादिङ महादेवस्थानमा स्वास्थ्य शिविर

health siber

धादिङ – धादिङको महादेवस्थान गाँउ विकास समितिको वडा नं ४ ताल्तीमा एक दिने स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

दियालो साना किसान कृषि सहकारी संस्था महादेवस्थानको आयोजनामा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा ६ सय २ जनाले स्वास्थ्य परीक्षण गराएका थिए । काठमाडौँमा रहेको पाटन अस्पताल, कान्ति अस्पताल, वीर अस्पताल र टिचिङ अस्पतालका ९ जना डाक्टर, २ जना नर्सले स्त्री तथा बाल रोगका स्वास्थ्य जाँच गरेका थिए ।

बैशाख १२ गते गएको विनाशकारी भूकम्पका कारण देखिएको समस्यालाई मध्यनजर गर्दै स्वास्थ्य शिविरको आयोजना गरिएको आयोजक संस्थाले जानकारी दिएको छ । शिविरमा महिला, बालबालिका तथा युवाहरुको बढी मात्रामा सहभागीता रहेको थियो । शिविरमा स्वास्थ्य परीक्षण गर्न आउने प्रत्येकलाई प्रति व्यक्ति ५ किलो चामल, १ पोका नुन, १ वटा साबुन र महिलाहरुलाई सेनेटरी व्याड समेत वितरण गरिएको थियो । सो अवसरमा छ वर्षदेखि मुनिका १ सय ५० जना कुपोषित बालबालिकाहरुलाई लिटो र कपडा समेत वितरण गरिएको तुलसीजंग थापाले जानकारी दिनुभएको छ ।

About The Author

अन्य समाचारहरु: