Tue. Feb 18th, 2020

कारोनाबाट ज्यान गुमाउनेको संख्या ४९२ पुग्यो


२३ माघ, चीन

चीनमा कारोना भाइरसबाट मृत्यु हुनेको संख्या ४९० पुगेको छ । चिनियाँ स्वास्थ्य अधिकारीका अनुसार भाइरसबाट अहिलेसम्म २४, ३२४ जना संक्रमित भइसकेका छन् ।

बुधबार विहान एक जनाको हङकङमा मृत्यु भएको थियो । यसअघि फिलिपिन्समा एक जनाको मृत्यु भएको थियो ।

हुबई प्रान्तमा ६५ जनाको ज्यान गएको छ । त्यसैगरी, ८९२ जना संक्रमित उपचारपछि घर फर्किसकेका छन् । तीमध्ये १२५ जना हुबई अस्पतालबाट डिस्चार्ज भएका थिए । चीनको वुहानमा सबैभन्दा धेरै संक्रमित भेटिएका छन् ।

चीन सरकारले कोरोनाभाइरस संक्रमितको उपचारको लागि १० दिनभित्र नै दुई वटा अस्पताल बनाइसकेको छ ।

२०७६ माघ २३ गते प्रकाशित

Loading...