Fri. Apr 26th, 2024

सहुलियत कर्जामा महिला उद्यमीहरुको चासो

२६ माघ, धादिङ


महिला उद्यमीहरुले बैंक तथा वित्तिय संस्थाबाट आफै पनि सहुलियतपूर्ण कर्जा पाउन नसकेको गुनासो गरेका छन् ।

धादिङ उद्योग बाणिज्य संघले पूर्णिमाः नीजिक्षेत्र विकास कार्यक्रम अन्तर्गत आयोजना गरेको महिला उद्यमी र बैंक तथा वित्तिय संस्थाहरु बीच अन्तरक्रिया कार्यक्रममा सहभागी महिला उद्यमीहरुले बैंकिङ प्रक्रियामा झेल्नु परेका समस्याहरु उठान गरेका हुन् ।

कार्यक्रममा उद्यमी महिलाहरुको अपेक्षा, खेप्नु परेका चुनौति एवं अवसरहरुको बारेमा छलफल भएको थियो । कार्यक्रममा कृषि विकास बैंक, राष्ट्रिय बाणिज्य बैंक, नेपाल बैंक, सिद्धार्थ बैंक र मुक्तिनाथ विकास बैंकले आ–आफ्ना कर्जा सुविधाका बारेमा जानकारी गराएका थिए ।

उक्त अवसरमा महिला उद्यमीहरुको वित्तिय संस्थासम्म कसरी वृद्धि गर्न सकिन्छ भन्ने विषयमा समेत छलफल भएको थियो । कार्यक्रमको आयोजनामा नेपाल घरेलु तथा साना उद्योग महासंघ र महिला उद्यमी संघ धादिङको पनि सहकार्य रहेको थियो । कार्यक्रममा ६१ जना महिला उद्यमीहरुको सहभागीता रहेको थियो ।

२०७६ माघ २६ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: