Thu. Mar 28th, 2024

चट्याङ लागेर तीन जनाको मृत्यु

२७ माघ दाङ –

तुलसीपुरको नवलपुरमा दुई र हापुरेमा एक जनाको चट्याङ लागेर मृत्यु भएको छ । नवलपुरमा गीता चौधरी र हापुरेमा सूर्यबहादुर पुरीको घरमा चट्याङ परेको थियो ।

चट्याङ लागेर गम्भीर घाइते चौधरीकी सात वर्षीया छोरी सृष्टि र त्यहीँ बस्ने ५७ वर्षीय लक्ष्मी आचार्यको राप्ती लाइफ केयर अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको दाङ प्रहरी प्रमुख एसपी जनक भट्टराईले जानकारी दिए ।

आँगनमा खेल्दै गरेको अवस्थामा चट्याङ लागेर सूर्यबहादुरका आठ वर्षीय छोरा ताराबहादुर पुरीको पनि मृत्यु भएको छ ।

पुरीको उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । चालु वर्ष हालसम्म चट्याङले सात जनाको मृत्यु भइसकेको छ ।

२०७६ माघ २७ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: