Tue. Feb 18th, 2020

अचेत पूर्वसचिव कार्कीको श्रीमतीको अस्पतालमा मृत्यु, कामदार मृत भेटिए


२७ माघ, काठमाडौं


पूर्व सचिव अर्जुन कार्कीकी घरमा रहस्यमय हत्या भएको छ। घरमा कामदार झुण्डिएर मृत अवस्थामा फेला परे लगत्तै कार्कीकी पत्‍नी पनि अचेत अवस्थामा भेटिएकी थिइन्। उनको पनि उपचारको क्रममा मृत्यु भएको छ।

सोमबार बिहान ललितपुरको सानेपास्थित कार्कीको निवासमा अचेत अवस्थामा फेला परेकी पत्नी मुना कार्कीको उपचारको क्रममा मृत्यु भएको छ। बेहोस अवस्थामा भेटिएकी मुनालाई उपचारका लागि ललितपुरस्थित स्टार हस्पिटलमा लगिएको र उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर ललिलपुरका प्रमुख एसएसपी टेक राईले जानकारी दिए।

घटना रहस्यमय देखिएको र यसबारेमा अनुसन्धान सुरु भएको एसएसपी राइले बताए । महानगरीय प्रहरी अपराध महाशाखा र प्रहरी परिसर ललितपुरको टोलीले घटना भएको घरलाई घेरामा राखेर अनुसन्धान गरिरहेको छ। कामदार झुण्डिएको अवस्थामा भेटिनु र श्रीमती पनि टाउकोमा चोट र नील डामसहित अचेत अवस्थामा भेटिएर मृत्यु हुनुले यो घटना निकै शंकास्पद भएको र एउटा संगठित हत्या हुनसक्‍ने आशंका गरिएको छ।

दुवै शव पोस्टमार्टमका लागि पाटन अस्पतालमा लगिएको छ। पोस्टमार्टमको रिपोर्ट आएपछि घट्नाको थप रहस्य खुल्ने राईले बताए।

२०७६ माघ २७ गते प्रकाशित

Loading...