Sun. Aug 9th, 2020

गजुरीमा स्कुटी र बस आपसमा ठोक्किँदा दुईको मृत्यु

१ फागुन , धादिङ –

धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ चाम्बासमा गएराती स्कुटी र बस आपसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ । वा ९८ प ७०५८ नमबरको स्कुटि र लु २ ख १३५ नम्बरको बस एक आपसमा ठक्कर खाँदा स्कृटिमा सवार दुवै जनाको मृत्यु भएको हो ।

लामो समय देखि फिल्मी क्षेत्रमा लाग्दै आएकी महिमा सिलवाल र सर्मिला सिलवालको उपचारको क्रममा मृत्यु भएको हो । अभिनेत्री महिमा सिलवालको गजुरी अस्पताल र सर्मीला सिलवालको काठमाण्डौ ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरिक्षक भोजराज पाण्डेले जानकारी दिए ।

महिमा सिलवाल र सर्मिला सिलवालको बहिनीको ईगेजमेन्टमा चितवन जाँदै गर्दा गएराती उक्त दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु भएका महिमा र सर्मिला दिदीबहिनी हुन् । अहिले यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

२०७६ फागुन १ गते प्रकाशित

Loading...