Fri. Mar 29th, 2024

साग पदकधारीलाई वाग्मतीको सम्मान

१ फागुन मकवानपुर –

१३औं दक्षिण एसियाली खेलकुद साग मा पदक जितेका वाग्मती प्रदेशले आफ्ना प्रदेशका खेलाडीलाई सम्मानित गरेको छ । बुधबार प्रदेश सरकार स्थापनाको दोस्रो वर्षका अवसरमा वाग्मती प्रदेशबाट सागमा पदक जित्ने १ सय ६३ खेलाडीलाई सम्मान गरिएको हो । प्रदेश सरकारले स्वर्ण विजेतालाई १ लाख, रजत विजेतालाई ५० हजार र कांस्य विजेतालाई २५ हजार रुपैयाँसहित सम्मान पत्रद्वारा प्रदान गरियो ।

वाग्मती प्रदेशका खेलाडीले सागमा ४० स्वर्ण, ४७ रजत र १ सय १ कांस्य जितेका थिए । वाग्मतीका प्रदेश प्रमुख विष्णु प्रसाईं, मुख्यमन्त्री डोरमणि पौडेल, सभामुख सानुकुमार श्रेष्ठ तथा सामाजिक विकासमन्त्री युवराज दुलालले पदकधारीलाई सम्मानित गरे । प्रदेश सरकारले पकद विजेता खेलाडीलाई ८८ लाख ७५ हजार रुपैयाँबराबर नगद प्रदान गरेको वाग्मती प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारीले जनाए ।

मुख्यमन्त्री पौडेलले खेल क्षेत्रको विकास र खेलाडीको हौसला बढाउन प्रदेश सरकार सदैव तयार रहेको बताए । उनले प्रदेश, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्ने तयारीमा प्रदेश सरकार रहेको समेत बताए । वाग्मती प्रदेश सरकारले नेपालमा भएको साग प्रतियोगिताका क्रममा खेलाडीको हौसला बढाउन नगद पुरस्कार घोषणा गरेको थियो । मंसिर १५ देखि २४ सम्म काठमाडौं, पोखरा र जनकपुरमा भएकबो सागमा नेपालले ५१ स्वर्ण जितेको थियो ।

२०७६ फागुन १ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: