Tue. Feb 18th, 2020

धादिङको चरौँदीमा भारतीय ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

२ फागुन, धादिङ


धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ५ चरौँदी पुल नजिकै शुक्रबार बिहान भारतीय नम्बरको ट्रकले स्कुटरलाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ ।

काठमाडौँतर्फ जाँदै गरेको बिआर ०६ जिडी ८६७१ नम्बरको भारतीय ट्रकले काठमाडौँबाट मुग्लिनतर्फ जाँदै गरेको प्रदेश ३–०२–०१४ प ३९८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ ।

ट्रकको ठक्करबाट स्कुटर चालक सोलुखुम्बु, मुक्ली नगरपालिका वडा नं १ का २२ वर्षीय प्रकाश बस्नेतको घटनास्थलमा नै मृत्यु भएको छ भने स्कुटरमा पछाडि सबार एकजना घाईते भएका छन् । घाइते काभ्रेका सनिस थापालाई उपचारका लागि काठमाडौँस्थित टिचिङ अस्पताल लगिएको प्रहरी निरीक्षक भोजराज पाण्डेले जानकारी दिए ।

दुर्घटना लगत्तै भागेका ट्रक चालकलाई गजुरी प्रहरीले नियन्त्रणमा लिएको छ ।

२०७६ फागुन २ गते प्रकाशित

Loading...