Fri. Mar 29th, 2024

संसार चकित हुनेगरी विकासमा चमत्कार देखाउनेछौँ : प्रचण्ड


२ फागुन, धादिङ


पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्प्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश परिवर्तनको संघारमा अघि बढेका बताएका छन् ।

‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि जलस्रोत, पर्यटन र उद्योगको पूर्वाधार’ भन्ने मूल नाराका साथ धादिङ उद्योग वाणिज्य संघले धादिङबेसीमा आयोजना गरेको धादिङ महोत्सवको उद्घाटन गर्दै प्रचण्डले विगतका राज्यद्धारा बनाइएका कयौ ऐन कानून झमेला भएको र आमनागरिकले सास्ती व्यहोर्नुपरेको भन्दै सम्पूर्ण राजनीतिक दल र जनता एकताबद्ध भए देशमा विकासको चमत्कार हुने बताए ।

१० वर्ष आन्दोलन, विद्रोहमा १० वर्ष शान्ति र संविधानमा लगायौँ अबको १० वर्ष सम्पूर्ण राजनीतिक दल र नेपाली मिलेर विकासको दशक बनाउन सके १० वर्षमा नै नेपालको अनुहार फेरिने उनले बताए । धादिङ जिल्ला राजनीतिक परिवर्तनको रुपमा पनि महत्वपूर्ण जिल्ला भएकाले नेता तथा जनताको त्याग, बलिदान र तपस्यालाई सम्मान गर्नुपर्ने उनले बताए ।

जिल्लाको कृषि, पर्यटन तथा औद्योगिक क्षेत्रको प्रचारप्रसार तथा भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै आगामी फागुन १३ गतेसम्म महोत्सवको आयोजना गरिएको हो । महोत्सवमा दुई लाख दर्शकले अवलोकन गर्ने र ५ करोड रुपैयाँ भन्दा बढीको कारोबार हुने लक्ष्य राखेको महोत्सव मूल आयोजक समितिका संयोजक तथा धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रुद्रबहादुर खत्रीले बताए ।

बाह्र दिनसम्म सञ्चालन हुने महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारद्वारा कला प्रदर्शन, स्थानीय तहमा उत्पादन हुने बस्तु तथा सेवाको प्रद्धर्शनी, हस्तकलाबाट निर्मित सामग्री, खनिजजन्य बस्तुको प्रर्दशनी, दुग्धजन्य पदार्थको प्रदर्शनी, कृषि प्रर्दशनी, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुको प्रदर्शनी, जडीबुटी प्रदर्शन तथा बिक्री स्टल छन् । महोत्सव उद्घाटन सत्रमा धादिङवेशी पुछारबजारबाट विभिन्न जाती र समुदायको भेषभुषा, संस्कृतिजन्य नृत्य, झाँकी र सोभायात्रा सहित मेला स्थल प्रवेश गरिएको थियो ।

२०७६ फागुन २ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: