११ फागुन , धादिङ –
त्रिशूली नदीमा ट्रक खस्दा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन् । धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ९ को ज्यामिरेघाटबाट आइतबार बिहानी ना ५ ख ३७७७ नम्बरको सिमेन्ट बोकेको ट्रक त्रिशूलीमा खसेको हो ।
बिरगंजबाट काभ्रेको बनेपातर्फ जाँदै गरेको शालिमार सिमेन्ट बोकेको ट्रक टायर पड्किएर आफै अनियन्त्रित भई सडकबाट १०० मिटर तल त्रिशुली नदीमा खसेको धादिङका प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिए । दुर्घटनामा मृत्यु हुनेमा ट्रक चालक मकवानपुर भिमफेदी गाउँपालिका वडा न २ भैसे बस्ने ४६ बर्षका बिखे थोकर रहेका छन् । दुर्घटनामा घाइते भएका उनको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा मृत्यु भएको हो । दुर्घटनामा ट्रकका सह(चालक सप्तरी रुपनगर बस्ने १८ बर्षका राजेश बि।क घाइते छन् ।
२०७६ फागुन ११ गते प्रकाशित
About The Author
Loading...