Thu. Apr 9th, 2020

भक्तपुरमा ट्रकको ठक्करबाट एकको मुत्यु

१२ फागुन , भक्तपुर –

भक्तपुरमा एक जना पैदल यात्रीको ट्रकको ठक्करबाट मृत्यु भएको छ । सोमबार कमलबिनायक–१० का तिलक मकाजुलाई निशान ट्रकले ठक्करबाट गम्भीर घाइते भएका बि।एण्ड बि अस्पताल भक्तपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

महानगरीय प्रहरी परिसर भक्तपुरले भक्तपुर नगरपालिका–९ च्यामासिंहबाट ब्रम्हायणी जाँदै गरेको बा ३ क ३५८८ नम्बरको ट्रकले पैदल यात्री मकाजुलाई ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट घाइते भएका मकाजुलाई प्रहरीको सहयोगमा जनस्वास्थ्य सेवा केन्द्र भक्तपुर लगिएको र त्यहाँबाट थप उपचारको लागि बि।एण्ड।बि अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा राति ११ः३० मा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

२०७६ फागुन १२ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: