Thu. Apr 9th, 2020

धादिङका सुकबहादुर लामा सहित ४ जना रेड पाण्डाको छाला सहित पक्राउ

१४ फागुन , काठमाडौ –

महानगरीय प्रहरी अपराध महाशाखाले काठमाडौंबाट दुर्लभ बन्यजन्तु रेड पाण्डको छालासहित ४ जनालाई पक्राउ गरेको छ ।महाशाखाको टोलीले सोमबार दिउँसो बुढानिलकण्ठ नगरपालिका १२ कपन खरिबोटबाट धादिङ धुनिबेसी नगरपालिका ७ झाप्रेका ४० वर्षीय सुक बहादुर लामा, सिन्धुली तिनपाटन गाउपालिका। ४ बालाजोरका ३९ बर्षीय सुर्य बहादुर भुजेल, काठमाण्डौं बुढानिलकण्ठ नगरपालिका १३ कपनकी ४० वर्षीया कमला तामाङ र कास्की मादी गाउँपालिका ८ तारकाङका ३७ वर्षीय युबराज सापकोटालाई पक्राउ गरेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए।

गोप्य सुचनाको आधारमा खोजतलास गर्ने क्रममा शरीर खानतलासी भुजेलले बोकेको ब्याग भित्र निलो प्लाष्टिकमा बेरिएको अवस्थामा दुर्लभ बन्यजन्तु रेड पाण्डाको छाला फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको सिंहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
उनीहरुलाई आवश्यक कारवाहीको लागि जिल्ला बन कार्यालय काठमाण्डौं पठाइएको उनले बताए।

२०७६ फागुन १४ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: