Fri. Jul 19th, 2024

भूकम्पपछि ६६ लघुजलविद्युत बन्द

gorkha

गोरखा-भूकम्पपछि जिल्लाका २६ गाविसका ६६ लघुजलविद्युत बन्द भएको छ। पावरहाउस, पानी लगिएको कुलो भत्कँदा झिलिमिली बत्ती बलेका गोरखाका दुर्गम गाउँ वैशाख १२ यता अन्धकार छन्।

लघु जलविद्युत बन्द भएपछि २६ गाविसका १६ हजार नौ सय २ घरधुरीले बिजुली बाल्न नपाएको जिल्ला ऊर्जा तथा वातावरण शाखाले जनाएको छ। ७० लघु जलविद्युत रहेको गोरखामा अहिले चारवटा मात्र चलिरहेका छन्। चुम्चेत, सिर्दिवास, विही र स्वाँरा गाविसका १र१ लघु जलविद्युतबाट मात्र विद्युत उत्पादन भएको जिल्ला ऊर्जा वातावरण तथा जलवायु परिवर्तन शाखाका प्रमुख कुलराज चालिसेले बताए। शाखाले क्षेत्रीय नवीकरणीय उर्जा केन्द्र दमौलीसँग समन्वय गरेर २७ लघु जलविद्युतमा क्षतिको प्रारम्भिक लगत इस्टिमेट तयार गरिसकेको छ। तल्लो क्षेत्रका गाविसमा रहेका लघु जलविद्युतको स्थलगत अध्ययन गरे पनि उत्तरी क्षेत्रमा अध्ययन गर्न नसकिएको चालिसेले बताए। ‘पहिरोले माथिल्लो दुर्गम क्षेत्रका लघु जलविद्युतको अवस्थाबारे समेत बुझ्न सकिएको छैन, उनले भने ‘सदरमुकाम आएका केही स्थानीयलाई बुझ्दा बन्द भएको थाहा पाएका छौं।

कुटानी, पिसानीदेखि खाना पकाउने, मोबाइल चार्ज, रेडियो सुन्ने, टेलिभिजन हेर्ने, कुखुरा फार्म, फर्निचर उद्योग, पाउरोटी भण्डार जस्ता व्यवसाय पनि बन्द छन्। लघुजलविद्युतका भरमा चलेका यी व्यवसाय बन्द भएपछि ग्रामिण भेगमा आफैं लगानी गरेर व्यवसायिक बनेकाहरु समस्यामा परेका छन्। ‘मोबाइल चार्ज गर्न नपाउँदा फोनसमेत गर्न पाएको छैन, लापुबाट गोरखा सदरमुकाम आएका स्थानीय शिक्षक जिव गुरुङले भने, ‘पहिले बिग्रिएका बेला गाउँले मिलेर मर्मत गर्थे, अहिले घर बनाउनु कि बत्ती बनाउन जानुरुु भूकम्पका कारण सौरपानीको मात्र ६ लघु जलविद्युतमा क्षति पुगेको छ। त्यस्तै लाप्राकको २६ किलोवाट क्षमताको मेङ्को ह्याङ र १६ किलोवाटको लिस्याङ पुक लघु जलविद्युत पूरै क्षतिग्रस्त छ। सिमजुङ, स्वाँरा, लापु, गुम्दा, लाप्राक, हंसपुर, घ्याच्चोक, खरिबोट, बारपाक, मान्वु, मुच्चोक, आरुआर्वाङ, ताकुकोट, थुमी, आरुचनौटे, सामागाउँ, ल्हो, प्रोक, बिही, चुम्चेत, छेकम्पार, काशीगाउँ, केरौजाँ, उहिया, सिर्दिवास लगायत गाविसका लघु जलविद्युत बन्द भएका हुन्।

लघु जलविद्युत समेत बन्द भएपछि अन्धकार गाउँलाई उज्यालो बनाउन राहतस्वरुप चीन सरकाले पठाएको सिङ्गै गाउँलाई बत्ती बाल्न पुग्ने जेनेरेटर सरकारी अड्डाले प्रयोग गरेका छन्। १० वटा ५० केभिए क्षमताको जेनेरेटर ४ वटा सरकारी अड्डाले प्रयो गरेका छन्। बाँकी जिविसमै थन्किएको छ। विद्युतविहीन गोरखाका गाउँमा मोबाइल चार्ज गर्न सोलार स्टेसन राखिने भएको छ। वैकल्पिक ऊर्जाको सहयोग र जिल्ला ऊर्जा वातावरण तथा जलवायु परिर्वतन शाखाले सर्वसाधारणको सुविधाका लागि सोलार स्टेसन राख्न लागेको जनाएको छ। लघु जलविद्युत बन्द भएका गाउँका बासिन्दालाई स्थानीय सूचना सदरमुकामसम्म पुर्या उन सजिलो हुने उद्देश्यले पहिलो चरणमा १० ठाउँमा सोलार स्टेसन राखिने वातावरण शाखा अधिकृत चालिसेले बताए। एक गाउँको एक ठाउँमा सोलार राखिने छ। उक्त सोलार घामको तापबाट चार्ज हुनेछ भने स्थानीयले सोलारबाट मोवाइल चार्ज गर्न सक्नेछन्। नागरिकबाट

About The Author

Loading...

अन्य समाचारहरु: