Fri. Dec 6th, 2024

भूकम्प प्रभावितलाई राहत र परिचयपत्र वितरण सुरु

२३ जेठ, नवलपरासी –  जिल्ला प्रशासन कार्यालय नवलपरासीले भूकम्प प्रभावितलाई राहत रकम र परिचयपत्र वितरण शुक्रबारदेखि सुरु गरेको छ ।

प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीको उपस्थितिमा देवचुली नगरपालिका– १ केउरेनीबाट राहत रकम र भूकम्प प्रभावितलाई परिचयपत्र वितरण सुरु गरिएको हो ।पूर्ण क्षति भएका परिवारलाई रु १५ हजार र आंशिक क्षति भएका परिवारलाई रु तीन हजारको दरले राहत रकम वितरण गरिएको हो ।

नवलपरासीमा भूकम्पका कारण चार सय ४६ घरमा पूर्ण र तीन हजार तीन सय ४३ घरमा आंशिक क्षति पुगेको छ । तीमध्ये दुर्इ सय ९७ परिवारका दुई हजार हजार दुर्इ सय १७ जना विस्थापित भएका छन् ।पहिलो चरणमा भूकम्पबाट धेरै क्षति पुगेको देवचुली नगरपालिकाबाट राहत रकम वितरण सुरु गरिएको हो । देवचुली नगरपालिकामा मात्रै एक सय दुर्इ घरमा पूर्णरुपमा र दुर्इ सय ६५ घरमा आंशिक क्षति पुगेको छ ।

जिल्लामा भूकम्पपीडितका लागि तीन करोड रूपैयाँ राहत रकम आवश्यक परेकोमा पहिलो चरणमा एक करोड रूपैयाँ प्राप्त भएको सहायक प्रमुख जिल्ला अधिकारी माधव ढुङ्गानाले दिए ।उनका अनुसार पहिलो चरणमा देवचुली नगरपालिकासहित अर्खला, देउराली र मैनाघाट गाविसमा राहत रकम वितरण गरिनेछ । गृह मन्त्रालयबाट थप राहत रकम प्राप्त भएपछि अन्य प्रभावितलाई पनि क्रमश वितरण गरिने ढुङ्गानाले बताए । रासस

About The Author

अन्य समाचारहरु: