Mon. Oct 14th, 2024

बार्सिलोनाले जित्यो च्याम्पियन्स लिगको उपाधि

Fc_barcelona_with_champions_leagu_title_309921326

एजेन्सी – स्पेनिस क्लब बार्सिलोनाले इटालियन क्लब युभेन्ट्सलार्इ पराजित गर्दै पाँचौ पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ ।

शनिबार राति जर्मनीको बर्लिनमा ७० हजार दर्शकमाझ भएको उपाधि भिडन्तमा बार्सिलोनाले युभेन्ट्समाथि ३-१ ले हराउँदै उपाधि उचालेको हो ।

बार्सिलोनाले छ वर्षमा तेस्रो पटक च्याम्पियन्स लिगको उपाधि उचाल्न सफल भएको हो । इटालियन च्याम्पियन युभेन्टसले बलियो चुनौती पेश गरेपनि स्वारेजन, नेइमार र मेस्सीका अगाडि उसले घुँडा टेक्नुपर्यो ।

बर्लिनको ओलम्पिक स्टेडियममा भएको फाइल भिडन्तमा बार्सिलोनाले खेल शुरु भएको केबल चार मिनेटमै अग्रता लियो । उसका लागि मिडफिल्डर इवान र्याकिटेकले खाता खोली उपाधितर्फको यात्रा अघि बढाए ।

पहिलो हाफमा दुबै टिमले निरन्तर आक्रमण बुनेपनि थप गोल गर्न सकेनन् । खेलको दोस्रो हाफमा युभेन्ट्सले बराबरी गोल फर्कायो । खेलको ५५ औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै खेललार्इ बराबरीमा ल्याए ।

तर युभेन्ट्सको बराबरीलार्इ बार्सिलोनाका लुइस स्वारेजले लामो समय टिक्न दिएनन् । उनले खेलको ६८ औं मिनेटमा लियोनेल मेस्सीको पासमा गोल गर्दै फेरि अग्रता दिलए ।

त्यसपछि युभेन्ट्सले गोल गर्न नसकेको अवस्थामा खेलको अतिरिक्त समयको ७ औं मिनेटमा पेड‍्रोको पासमा नेइमारले गोल गरेपछि बार्साले सजिलै उपाधि उचाले ।

लुइस इनरिकको कमानीमा रहेको बार्सिलोनाले च्याम्पियन्स लिगसहित यो सिजन उपाधिमा ह्याट्रिक गरेको छ । उसले यसअघि नै कोपा डेल रे र स्पेनिस लिगको उपाधि उचालिसकेको छ ।

२ वर्षपछि युरोपियन च्याम्पियन्स लिगको फाइनल युभेन्ट्सले इटालीको घरेलु लिग र कोपा इटालिया जितेर च्याम्पियन्स लिगको उपाधि उचाल्न बर्लिन आएको थियो । तर, बार्साको आक्रमक खेल अगाडि उसको केही लागेन ।
अन्नपूर्णबाट

About The Author

अन्य समाचारहरु: