Thu. Apr 9th, 2020

नेपाल घरेलु तथा साना उद्योग महासंघ धादिङको अध्यक्षमा बुर्लाकोटी

७ चैत, धादिङ


नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला कार्य समिति धादिङको अध्यक्षमा ठाकुर बुर्लाकोटी सर्वसम्मत निर्वाचित भएका छन् ।

धादिङबेसीमा सम्पन्न २२ औँ साधारणसभा तथा १० औँ जिल्ला अधिवेशनले बुर्लाकोटी अध्यक्ष रहने गरी १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

निवर्तमान अध्यक्ष विश्वराम दुवाडी, बरिष्ठ उपाध्यक्षमा हरि घिमिरे उपाध्यक्ष कृष्णप्रसाद अधिकारी, महिला उपाध्यक्षमा सीता दुवाडी खनाल, महासचिवमा शालिकराम दुवाडी, कोषाध्यक्षमा शोभा डंगोल चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा तिलक सिंम्खडा, प्रकाश श्रेष्ठ, चन्द्र लम्साल, भक्तबहादुर रेग्मी, रोहित भण्डारी, दिपक कडेल, रामप्रसाद त्रिपाठी, गंगादत्त अधिकारी, राम नेपाली, रमिला खतिवडा चयन भएका छन् ।

त्यस्तै सीता दुवाडी खनाल सभापति रहने गरी १५ सदस्यीय महिला उद्यमी समिति चयन गरिएको छ ।

२०७६ चैत ७ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: