Fri. Mar 29th, 2024

गुठी सम्बन्धी राय सुझाब पेश गर्न समिति गठन


११ चैत, काठमाडौ


गुठी सम्बन्धी रायसुझाब पेश गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समिति गठन गरेको छ । प्रतिनिधिसभाका सांसद जीवनराम श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको हो ।

गुठी सम्बन्धी रायसुझाब पेश गर्न चैत ५ गतेको मन्त्रीस्तरिय निर्णय अनुसार प्रतिनिधिसभाका सांसद जीवनराम श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको हो ।

गठित समितिले काठमाडौं उपत्यकाभित्रका गुठीको धार्मिक, सांस्कृतिक विविधता, परम्परा तथा गुठी किसान मोहीको विषयमा के गर्ने भन्ने विषयका सन्दर्भमा सरोकारवाला, गुठीयार तथा जनप्रतिनिधिहरुसँग आवश्यक छलफल परामर्श गरी प्रस्तावित गुठी विधेयकमा राय सुझाब पेश गर्नका निम्ति मन्त्रालयले समिति गठन गरेको हो।

समितिले गुठीका गुठीयार, सरोकारवाला, समाजसेवी, नागरिक समाज, संघर्ष समितिका पदाधिकारीहरु, जनप्रतिनिधिहरुको संलग्नतामा अध्ययन, अन्तरक्रिया, छलफल र बैठक बसेर गुठीहरुको विशिष्टकृत अवस्थाको वस्तुस्थितिको चित्रण गरेर सुझाव दिनेछ ।

समितिको पहिलो बैठक बसेको मितिले एक महिना भित्रमा समितिले मन्त्रालयलाई सुझाव पेश गर्नु पर्नेछ । सोही आधारमा गुठी सहितको भूमि विधेयक मन्त्रालयले तयार गर्नेछ ।

राष्ट्रियसभाबाट सरकारले गुठी विधेयक फिर्ता लिएपछि गुठी सहित एकीकृत भूमि सम्बन्धी विधेयक ल्याउन मन्त्रालयले तयारी गरेको छ ।

यसै सन्दर्भमा गुठीयार, सरोकारवाला, समाजसेवी, नागरिक समाज, संघर्ष समितिका पदाधिकारीहरु, जनप्रतिनिधिहरु मन्त्रालयले यसअघि पटक पटक छलफल गरिसकेको छ।


२०७६ चैत ११ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: