Thu. Apr 9th, 2020

कोरोनाको तेस्रो संक्रमित धादिङका


१२ भदौ, धादिङ –

कोरोना भाइरस (कोभिड १९) को संक्रमण भेटिएका तेस्रो व्यक्ति दुबई बाट चैत ६ गते नेपाल आएको स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बताएका छन् । बुधबार गरेको प्रेस ब्रिफिङमा संक्रमित व्यक्ति धादिङ निवासी ३२ वर्षका पुरुष रहेको पनि मन्त्री ढकालले बताए। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको आइसोलेसनमा उपचाररत एक पुरुषमा कोरोना भाइरसको संक्रमण भेटिएको हो ।

उनी दुबई बाट काठमाडौँ आएर होटलमा बसेका थिए। स्वास्थ्य असहज महसुस भएपछि मंगलबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुगेर परीक्षण गराएका थिए।

उनी नेपाल आइसकेपछि धेरै घुमघाम गरेको र होटलहरू तथा पार्टीमा समेत सामेल भएका थिए । कोरोनाको लक्षण देखिएपछि उनी टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगेका थिए । अस्पतालले उनलाई आइसोलेसनमा राखेर स्वाब परीक्षणका लागि नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएको थियो ।

अहिले उनको टेकु स्थित सरुवा रोग अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको छ । नेपालमा यसअघि नै अन्य २ जनामा संक्रमण पुष्टि भइसकेको छ । यसअघि फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी युवतीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । उनी पनि अहिले टेकुमै उपचाररत छिन् ।

कोरोनाका पहिलो संक्रमित भने निको भइसकेका छन् । चीनको वुहानबाट आएका युवकमा कोरोनाको संक्रमण पाइएको थियो ।

सच्याइएको यस अघि प्रकाशित समाचारमा दुबईबाट हुनुपर्नेमा कतार भएकाले सच्याइएको छ ।


२०७६ चैत १२ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: