Thu. Apr 9th, 2020

धादिङमा लकडाउन उल्लङघन गर्ने १६ सवारी चालकलाई कारबाही


१३ चैत, धादिङ


जिल्ला प्रहरी कार्यालय धादिङले लकडाउन उल्लङघन गर्ने १६ जना सवारी चालकलाई कारबाही गरेको छ ।

कोरोना भाइरस (कोभिड १९) को सम्भावित जोखिमबाट बच्न सरकारले गत चैत ११ गतेदेखि एकसाताका लागि लकडाउन गरेको थियो । सो समयअवधिभर अत्यावश्यक कामका लागि बाहेक अन्य ठाउँमा आवातजावत गर्न रोक लगाइएको छ ।

लकडाउनको उल्लङघन गर्ने गरी सवारी चलाउन पृथ्वी राजमार्गमा १५ वटा मोटरसाइकल र धादिङबेसीमा एक ट्रक चालकलाई आवश्यक कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।


२०७६ चैत १३ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: