Thu. Apr 9th, 2020

गंगाजमुना गाउँपालिकाद्धारा १० बेडको क्वारेन्टाइन निर्माण


१४ चैत, धादिङ


धादिङको गंगाजमुना गाउँपलिकाले १० बेडको क्वारेन्टाइन स्थल निर्माण गरेको छ ।

गाउँपालिका अन्र्तगत मण्डली माध्यमिक विद्यालयमा निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को सम्भावित जोखिमबाट बच्च निर्माण गरिएको हो ।

गाउँपालिकाभित्र रहेका स्वास्थय संस्थाहरुमा आवश्यक पर्ने औषधी लगायत अन्य सामग्रीहरु पनि वितरण गरेको छ । साथै स्वास्थ्यकर्मीहरुलाई व्यक्तिगत सुरक्षा सामग्री पनि प्रदान गरेको छ ।

२०७६ चैत १४ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: