Fri. Mar 29th, 2024

प्रधानमन्त्री ओली अस्पताल भर्ना


१४ चैत, काठमाडौं


प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन्। बिहीबार राति मुटुमा केही समस्या भएपछि त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो ।

प्रधानमन्त्रीकी निजी चिकित्सक प्रा.डा. दिव्यसिंह शाहका अनुसार प्रधानमन्त्री ओलीको मुटुको चाल केही बढेको देखिएपछि उनलाई राति नै अस्पताल लगिएको थियो। डा. शाहको अनुसार हाल प्रधानमन्त्रीलाई अब्जर्भेसनमा राखिएको छ र उनको स्वास्थ्य अवस्था सामान्य छ।

प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालमा नै फागुन २१ गते दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो। उनी प्रत्यारोपण पछि फागुन ३० मा अस्पतालबाट डिस्चार्ज भएका थिए।


२०७६ चैत १४ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: