Fri. Jun 5th, 2020

नेपालमा भेटिए कोरोना संक्रमणका चौथो विरामी


१४ चैत, धनगढी


नेपालमै चौथो कोरोना (कोभिडा–१९) भाइरस संक्रमित भेटिएका छन्।

संक्रमित व्यक्ति सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारमा रहेका ३४ वर्षका नेपाली पुरूष भएको स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ। दुबईबाट आएका उनी चैत ११ गते सेती प्रादेशिक अस्पतालमा भर्ना भएका हुन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शुक्रबार भएको परीक्षणमा कोरोना संक्रमण भएको पुष्टि भएको हो। काठमाडौं बाहिर प्रदेश ७ को धनगढीमा समेत कोरोना संक्रमित भेटिएपछि यसको संक्रमण देशभर रहेको अनुमान गरिएको छ।

कोरोना संक्रमणको आशंकमा काठमाडौंका तीन अस्पतालमा १७ जनाको उपचार भइरहेको छ। कान्ति बाल अस्पतालमा ९ जना तथा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु र ललितपुरको लगनखेलमा रहेको पाटन अस्पतालमा ४/४ जना गरेर १७ जनाको आइसोलेशनमा उपचार भइराखेको छ।

कोराना पुष्टि भएका दुई जनाको काठमाडौं टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल आइसोेलेशनमा राखेर उपचार भइरहेको छ। टेकु अस्पतालमा उपचार गराइरहेका एक जनालाई भने डिस्चार्ज गरिएको छ।


२०७६ चैत १४ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: