Fri. Jun 5th, 2020

नेपालमा कोरोना भाइरसको पाँचौँ संक्रमित भेटिए

१५ चैत, काठमाडौँ

नेपालमा कोरोना भाइरसको पाँचौँ संक्रमित भेटिएका छन् ।

बेल्जियमबाट आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए। ती युवती चैत ४ गते नै कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट नेपाल आएकी थिइन्।

नेपालमा कोराना भाइरसको संक्रमणका कारण टेकु अस्पतालमा उपचार गराइरहेका एक जनालाई भने डिस्चार्ज गरिएको छ। कोराना पुष्टि भएका दुई जनाको काठमाडौं टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल आइसोेलेशनमा राखेर उपचार भइरहेको छ। उनीहरुको अवस्था सामान्य रहेको पनि मन्त्रालयले जनाएको छ।

त्यस्तै चौथो देखिएका ३४ वर्षका नेपाली पुरूष सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारमा रहेका छन् । दुबईबाट आएका उनी चैत ११ गते सेती प्रादेशिक अस्पतालमा भर्ना भएका हुन् ।

२०७६ चैत १४ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: