Fri. Jul 12th, 2024

साझा चुनौतीलाई सामुहिक रुपमा सामना गरौँ : मन्त्री सिहं

prakash man singh
२४ जेठ, धादिङ – नेपाल सरकारका माननीय उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले भूकम्पबाट प्रभावित भएका गाविसहरुको पुर्नस्थापना गर्नुपर्नेमा जोड दिनुभएको छ ।

भूकम्प प्रभावित मध्येको जिल्ला धादिङमा आइतबार अनुगमनका क्रममा आउनु भएका नेता सिंहले आर्थिक कारणले मात्र नभई आपत परेको बेला जसले जुनसुकै तवरले पनि सहयोगको हात फैलाउन आग्रह गर्नुभयो ।भूकम्पपछि उद्धार र राहतका कार्यमा सबै मिलेर एकजुट भए जस्तै पुर्नसंरचना र पुर्नवासका लागि पनि त्यहि भावना स्वरुप काम गर्न आग्रह गर्नुभयो देशमा आएको यो विपत्तिलाई सबैले साझा चुनौती लिई सामुहिक रुपमा सामना गर्न समेत आग्रह गनुभयो ।

सरकारले घर तथा जग्गा निर्माणका लागि २० करोडको रकम विनीयोजन गरिसकेकोले अब छिट्टै नै सो रकम पीडितहरुले पाउने आश्वासन समेत दिनुभएको छ । सडक सञ्जाल पुग्न नसकेका उत्तरी धादिङका ५ गाविसका जनताहरुलाई तत्काल पुर्नस्थापनाका लागि सरकारले पनि जति सक्दो चाँडै पहल गर्ने बताउनुभयो ।

prakashman singh 2

त्यस्तै सिंचाई मन्त्रि एन पी साउदले सरकारले उद्धार र राहतको काममा कुनै पनि कमि हुन नदिने बताउनुभयो । सरकारले प्रभावितहरुलाई दिल खोलेर सहयोग गर्न तयार रहेको समेत बताउनुभयो ।

बैशाख १२ गते गएको विनाशकारी भूकम्पले जिल्लाको उत्तरी क्षेत्रमा रहेको री, तिप्लिङ, झार्लाङ, सेतुङ र लापाका गाँउका बस्तीहरु पहिरोले जोखिम बनाएको छ साथै ग्रामीण भेगमा रहेका १४ गाविसहरु वर्षायाममा गाडी नजाने हुदाँ तत्काल पुर्नस्थापनाका लागि पहल गर्ने तयारी भइरहेको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: