Fri. Mar 29th, 2024

धादिङमा काम गर्ने मजदुरलाइ घर फर्किन सकस

घर फर्किनको लागि सवारी साधनको पर्खाइमा पश्चिम नेपालका विभिन्न जिल्लाका मजदुरहरु । उनीहरु बेनिघाट ताल्तीमा रहेको निर्माणाधिन सिमेन्ट उद्योगमा काम गर्न आएका थिए ।

१८ चैत, धादिङ-

सरकारले लक डाउनको समय थप गरेसंगै घर फर्कने मजदुरहरुको लर्को नै लागेको छ । लक डाउनको समय थप गरेपछी धादिङ जिल्लाका विभिन्न उद्योग, कल–कारखाना लगायत विकास निर्माणका क्षेत्रमा मजदुरी गर्न आएकाहरु आफ्नै घर फर्कन थालेका हुन् ।

सहज रुपमा घर फर्किन भने उनीहरुलाइ लकडाउनले समस्यामा पारेको छ । सवारीका साधानहरु नचल्दा नजिक जिल्लाका कतिपय मजदुरहरु हिडेरै घर फर्किएका छन् भने टाढा–टाढाका मजदुरहरुलइ सकस परेको छ ।

यतिवेला बाहिरी जिल्लाबाट आएर भुकम्पको पुनर्निर्माण, सिमेन्ट उद्योगहरु, जिल्लाका अन्य विकास निर्माण खटिएका र इटाभट्टामा कार्यरत हजारौं मजदुरलाई घर फर्काउन जिल्ला प्रशासन कार्यालयमा सवारी पास लिनेहरुको लर्को लागेको छ । सोमबार सम्म मजदूरहरुको नाम, ठेगाना र सवारी साधनको विवरण मागेर करिव ९ सय मजदुरहरुका लागी सवारी पास दिइएको जिल्ला प्रशासन कार्यलय धादिङले जानकारी दिएको छ ।

मजदुरहरुको समस्या सुन्दै धादिङका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ

उद्योगहरु बन्द भएको र काम गर्ने स्थानहरुमा खाने कुराहरुको अभाव पर्न थालेको भन्दै धादिङ जिल्लाका विभिन्न स्थानहरुलाई कर्मथलो बनाई बसेका मजदुरहरु घर फर्कन थालेका हुन् । घर फर्कदा सवारी साधन चढ्नु अघि उनीहरुलाई स्वास्थ्य परीक्षणको ब्यवस्था समेत गरिएको छ ।

मदजुरहरुलाइ सुरक्षित तवरबाट घर पठाउनका लागि जिल्ला प्रशासन कार्यालय धादिङले सम्वन्धित उद्योग धन्दाहरुले खर्च बेहोर्ने गरि सवारी साधनहरुको ब्यवस्थापन मिलाइरहेको छ । उनीहरुलाई पठाउने सवारी साधनमा संक्रमण रोक्न किटनाशक औषधी अघिल्लो दिन नै छर्किएर राखेको हुनुपर्ने र कुनै संक्रमण नहुने किसिमले ब्यवस्थापन गर्न लागिएको हो । जाँदा जाँदै बाटोमा कुनै स्वास्थ्य समस्या आएमा जुन स्थानमा पुगिएको छ, त्यही नजिकको स्वास्थ्य संस्थामा स्वास्थ्य परिक्षणको ब्यवस्था समेत गराउनुपर्ने ब्यवस्था मिलाइएको छ ।

सोमबार पृथ्वी राजमार्गको स्थलगत अनुगमनमा गएका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले पृथ्वी राजमार्गको मलेखुमा अलपत्र परेका मजदुरहरुलाइ घर फर्किन ठेकेदारहरुले भाडा बेहोर्ने गरि स्थलगत पास उपलब्ध गराइदिएका छन् । प्रजिअ तामाङले भने, ‘काम नभएर अलपत्र परेका कामदारलाई सम्बन्धित आयोजना वा इटा भट्टाले नै उनीहरुको घरसम्म पु¥याउने गरी पास दिइएको हो ।’

सवै भन्दा धेरै मजदुरहरुको संख्या इटाभट्टामा छ । लकडाउन थपिएपछि उनीहरुको जीवनयापन कष्टकर नहोस् भनेर घरसम्म पठाउन लागिएको इटा व्यवसायीले बताएका छन् । जिल्लामा ४२ वटा सानाठूला गरी ५ हजार भन्दा बढी कामदार इटा भट्टामा काम गर्छन् ।

२०७६ चैत्र १८ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: