Fri. Mar 29th, 2024

नीलकण्ठ नगरपालिकाले कोरोना शंकास्पद र विरामीको सवै उपचार खर्च बेहोर्ने

बढी जोखिमका क्षेत्रहरुमा किटनाशक विषादी

१९ चैत, धादिङ-

विश्वब्यापी रुपमा फैलदै गएको कोरोना भाइरसको महामारीको जोखिमलाइ कम गर्न नेपाल सरकारले देशभर लकडाउन गरेको छ । लकडाउनको अवधिमा घर बाहिर नजान र घरमै बसेर सचेत बन्न स्थानीय सरकारहरुले पनि आब्हान गरिरहेका छन् । यसैक्रममा धादिङको नीलकण्ठ नगरपालिकाले कोरोना भाइरसबाट आफ्नो नगरभित्रका कोही ब्यक्ति संक्रमित भएको पाइएमा सम्पुर्ण उपचार खर्च बेहोर्ने बताएको छ ।

क्वारेन्टाइनमा बसेकाहरुको खाना आवास लगायत सम्पुर्ण खर्च, शंकास्पद विरामीहरुको चेकजाँच खर्च तथा कोही कसैलाइ कोराना संक्रमण पुष्टि भएको खण्डमा सम्पुर्ण उपचार खर्च नगरपालिकाले नै बेहोर्ने नगरप्रमुख भीम प्रसाद ढुङगानाले बताए । उनले भने, ‘हामीले सकेसम्म संक्रमण हुनै नदिने प्रयास छौँ, विश्वका ठुला ठुला देशहरु पनि रोक्न नसकिरहेका बेला कथमकदाचित हाम्रो नगरबासी कसैलाइ कोरोना देखिहाल्यो भने पनि हामी निशुल्क र पुर्ण उपचार गराउने छौँ ।’

भाइरसको संक्रमणबाट जोगिन अनुरोध गर्दै नगरपालिकाले दिनहुँ विभिन्न वडाका टोल टोलमा पुगेर माइकिङ गरिरहेको छ । भारत लगायत विदेशबाट आएकाहरुलाइ कम्तीमा २ हप्ता आफनै घरमा क्वारेन्टाइनमा बस्न अथवा नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइन स्थलमा बस्न अनुरोध गरेको छ ।

बढी जोखिमका क्षेत्रहरुमा किटनाशक विषादी
कोराना भाइरसको संक्रमणको जोखिम कम गराउनको लागि बढी जोखिम मानिसएका बस्ती र टोलटोलमा डिस्इन्फेक्सन छर्किन सुरु गरिएको छ । नीलकण्ठ नगरपालिकाको बढी मानिसहरु जम्मा हुने स्थानहरु, बसपार्क, मुख्य चोकहरु, गाउँ गाउँमा मुख्य बजार क्षेत्रहरुमा औषधि छर्कन सुरु गरिएको नगरपालिकाका स्वास्थ्य संयोजक विष्णु रिजालले बताए ।

नगरप्रमुख ढुङगानाले भने, ‘डिस्इन्फेक्सन स्प्रे जहाँ बढि इन्फेक्सनको सम्भावना छ त्यहि गर्ने हो । अस्पताल, बसपार्क, सेना प्रहरीको ब्यारेक, कारागार नजिकका सडक, क्वारेन्टाइन क्षेत्र, मुख्य चोक र आवतजावत हुने स्थल विशेष प्राथमिकतामा राखेर छरिरहेका छौँ । त्यस्तै ग्रामिण क्षेत्रका बजारहरुमा टारीवेशी, गोलाभन्ज्याङ, सुनौलाबजार कर्णेश्वर लगायतका क्षेत्रमा छर्किएको र क्रमैसंग सवै ठाउँमा छर्ने छौँ ।’ आवश्यकता अनुसार गाउँ गाउँमा पनि औषधि छर्ने ब्यवस्था मिलाइएको ढुङगानाले बताए ।

About The Author

Loading...

अन्य समाचारहरु: