Fri. Jun 5th, 2020

भ्रमपूर्ण समाचारको पछि नलाग्न प्रेस काउन्सिलको अपिल

१९ चैत, धादिङ–

कोरोना भाइरस (covid-19) सङक्रमण सम्बन्धी समाचार प्रकाशन/प्रशारण गरेकै भरमा अनलाइन सञ्चारमाध्यमलाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने गरी बन्द गराएको भन्ने भ्रमपूर्ण प्रचारवाजी प्रति प्रेस काउन्सिल,नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका २०७३, (पहिलो संशोधन २०७४) बमोजिम दर्ता÷सूचीकरण नभएका १७ वटा वेबपोर्टलले अफवाह फैलाउने किसिमको सामग्री निरन्तर सम्प्रेषण गरेको गुनासो, उजुरी आउनुका साथै स्वअनुगमनबाट समेत सो को पुष्टि भएको हुँदा त्यस्ता वेबपोर्टललाई मात्र नेपालभित्र प्रकाशन÷प्रशारण हुन नसक्ने व्यवस्था मिलाइएकाले दर्तावाला अनलाइनहरुलाइ पनि समाचार प्रकाशन प्रशारण गरेकै कारण बन्द गराइएको जस्तो गरि प्रचार गरिएकोमा काउन्सिलले आपत्ति जनाएको हो ।

प्रेस काउन्सिल नेपालले राष्ट्रिय संकटको यस घडीमा मिडिया मोनिटरिङ्गको कामलाई थप गति दिएको बताउदै २०७६ चैत १० देखि १७ गतेसम्मको अवधिमा बिश्वलाई नै आतंकित बनाइरहेको कोरोना रोगजनित घटनाक्रमको रिपोर्टिङ्ग क्रममा पत्रकार आचारसंहिता उल्लंघन गर्ने ३६ वटा सञ्चारमाध्यमसङ्ग स्पष्टीकरण सोधिएको जानकारी दिएको छ ।

नेपालमा दर्ता वा सूचिकृत भएका २१ सय ७९ वटा अनलाइनहरुको प्रकाशनमा कुनै पनि किसिमको रोक नलगाइएको तर काउन्सिलले पटकपटक पत्रकार आचारसंहिता पालनामा सचेत रहन, दर्ता एवं सूचीकरण नभएकाहरुको हकमा नियमानुसार दर्ता एवं सूचीकरणमा आउनसमेत आह्वान गर्दै आइरहेको काउन्सिलले जनाएको छ ।

‘नेपाली जनताको लामो संघर्ष र तमाम पत्रकारहरुको अथक लडाइँको प्रतिफलस्वरुप नेपालको सम्विधान ०७२ जारी भएको हो ।’ विज्ञप्तीमा भनिएको छ, ‘प्रेस काउन्सिलको समेत अभिन्न अपनत्व गाँसिएको यो सम्बिधानमा सन्निहित अभिव्यक्ति स्वतन्त्रता हामी सबैको ज्यान प्राण हो ! यस्तो निर्विवाद यथार्थलाई नजरअन्दाज गर्दै प्रेस काउन्सिल गैह्रसंबैधानिक बाटोमा गएको दुस्प्रचारको जति निन्दा गरे पनि कमै हुनेछ ।’

दर्ता नभएका अनलाइनहरु बन्द गराइएकोमा सोलोडोलोमा सबै अनलाइन सञ्चारमाध्यमलाई बन्द गरिएको भन्ने भ्रम सिर्जना गर्न खोजिएकोले हल्लाको पछि नलाग्न र आमसञ्चारमाध्यम, सञ्चारकर्मी र सामाजिक सञ्जाल प्रयोगकर्तालाई संयमित हुँदै थप जिम्मेवारीका साथ तथ्यपरक,उत्साहवद्र्धक सामाग्री सूचना सम्प्रेषणमा जुट्न काउन्सिले सम्पूूर्णमा आग्रह गरेको छ ।

२०७६ चैत १९ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: