Fri. Jun 5th, 2020

धादिङमा चट्याङ लागेर एक जनाको मृत्यु


२० चैत, धादिङ


धादिङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको खनियाबास गाउँपालिका वडा नं २ गोरगाङमा बुधबार दिउँसो लागेको चट्यानले ४२ वर्षीय रामसिंह तामाङको मृत्यु भएको प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिए । आफ्नै घरमा बसिरहेका बेला तामाङलाई हावाहुरीसहित आएको चट्याङ लागेको हो ।

चट्याङ लागेर खनियाबास गाउँपालिका वडा नम्बर २ थलीटोलमा पार्वती तामाङ र मनकुमारी तामाङ घाईते भएका छन् । घाईतेहरुको स्थानिय स्वास्थ्य संस्थामा उपचार भईरहेको छ ।

२०७६ चैत २० गते प्रकाशित

Loading...

अन्य समाचारहरु: