Thu. Mar 28th, 2024

धादिङमा कोरोना उपचारको अस्थायी एकीकृत आसोलेसन कक्ष सन्चालनमा

२० चैत, धादिङ


कोरोना भाइरस संक्रमणको सम्भावित जोखिम र अलग्गै उपचारका लागि सदरमुकाम धादिङबेसीमा ९ बेड क्षमताको आइसोलेसन कक्ष निर्माण गरिएको छ । कृषि ज्ञान केन्द्र, धादिङको नयाँ भवनमा बिहिबारबाट कोरोना उपचारको अस्थायी एकीकृत आसोलेसन कक्ष सन्चालनमा ल्याइएको हो ।

जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, नीलकण्ठ नगरपालिका, धादिङ अस्पताल, स्वस्थ्य कार्यालय धादिङ, नेपाल रेडक्रस सोसाइटी धादिङ, संयुक्त एम्बुलेन्स चालक समिति, आयुर्वेद अस्पातल धादिङ र धादिङ स्थित सुरक्षा निकायको बिशेष पहलमा संचालनमा ल्याइएको हो ।

अलग्गै उपचार गर्ने सो आइसोलेसन कक्षका लागि बेड, स्वास्थ्यकर्मी, औषधि र उपकरणको व्यवस्थापन धादिङ अस्पतालले गर्ने बताइएको छ ।

२०७६ चैत २० गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: