Fri. Mar 29th, 2024

धादिङमा विदेशबाट फर्कने ४ सय ७९ जना, क्वारेन्टाइनमा बस्ने १ सय ८ जना

धादिङको नीलकण्ठ नगरपालिकामस्थित डिभिजन वन कार्यलयको भवनमा निर्माण गरिएको क्वारेन्टाइन ।

२० चैत, धादिङ

नेपाल लगायत विश्वभर कोराना भाइरस ९कोभिड–१९० को संक्रमणले त्रसित बनाएको छ । चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि देखिन थालेपछि सर्तकता अपनाइएको छ । रोजगारी, अध्ययन तथा विभिन्न कामले विदेशीएका मध्ये ४ सय ७९ जना स्थानीय तह, प्रशासन तथा प्रहरीको सम्पर्कमा आएका छन् ।

विदेशबाट फर्कने मध्ये सबैभन्दा बढी भारतबाट ३ सय ९३ जना छन् । त्यस्तै दुबईबाट ३७, कतारबाट १७ जना र अरु अन्य देशबाट रहेका छन् । विदेशबाट फर्किएका मध्ये ७८ जना मात्र क्वारेन्टाइनमा बसेका छन् । जिल्लाभर १३ वटै स्थानीय तहहरुका ५९ वटा ठाउँमा ५ सय ९० बेडको क्वारेन्टाइन निर्माण गरिएको छ । प्रशासनले विदेशबाट आएकाहरुलाई सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गरेको छ ।

जिल्लाको गंगाजमुना गाउँपालिका वडा नं ४ फुलखर्कमा ज्याला मजदुरी काम गर्ने मजुदरहरु कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि घोषणा गरेको लकडाउनमा अलपत्र परेका ३० जनालाई प्रहरीको सहयताले नीलकण्ठ नगरपालिका वडा नं ३ स्थित बालमन्दिर माविको भवनमा निर्माण गरिएको क्वारेन्टाइनमा राखेको छ । जिल्लाभर १ सय ८ जना व्यक्तिहरु क्वारेन्टाइनमा बसेका छन् ।

२०७६ चैत २० गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: