Fri. Jun 5th, 2020

कोभिड-१९ को महामारी र तनाव

देबकी पौडेल

कुनै पनिव अप्ठ्यारो परिस्थितिले मानिसको मनमा आउने अस्थिरता र मानवीय अङ्गहरुले देखाउने प्रतिक्रिया हरु अथवा हाम्रो वरपरको वातावरणमा घटने प्रत्यक्ष तथा अप्रत्यक्ष कुनै पनि घटनाहरुप्रती मानिसहरूले समय परिस्थिति अनुसार प्रतिक्रिया देखाइरहेको हुन्छन ।

एउटा कुरामा निरन्तर मनले तनाव लिएपछि शरिरले देखाउने प्रतिक्रिया नै तनाव हो । हाम्रो नेपाली समुदायमा एउटा प्रचलित भनाइ छ चिन्ता लिनु भनेको स्वयंम आफुलाइ चिताको बाटो डोर्‍याउनु हो । सानो भन्दा सानो कुराहरुलाइ पनि तिल जस्तो पहाड बनाउने हाम्रो समाजमा परापुर्वकाल देखि रहदै आएको देखिन्छ ।

चिन्ता पनि आवश्यकताभन्दा धेरै लिन थालियो भने विभिन्न प्रकारका मानसिक रोगको सिकार समेत बन्न पुगिन्छ । सानो भन्दा सानो कुराहरुलाइ पनि चिन्ता लिने, ठुलो बनाउने प्राविधि हाम्रो समाजमा रहेको छ ।

जिन्दगीमा अनेक परिस्थितिहरु आइपर्छन् जहाँ हामी स्वयम् आफैलाइ बिर्सेर चिन्तामा डुबिरहेका हुन्छौँ । जब एउटा नराम्रो घटना घट्छ भने त्यतिबेला अनेकौँ सोचहरु मनले सोचिसकेको हुनेछ । विभिन्न भावनाहरु आउँछन् ।

सकारात्मक नकारात्मक दुवै भावनाहरु मन र मस्तिष्कले सोचिसकेको हुन्छ । सबैभन्दा पहिले त आफू अरुको कारण दुखी भएको छु भन्ने सोचलाई दिमागबाट हटाउनुपर्छ । सरकारले लकडाउन गरेपछ सामाजिक सञ्जालमा विभिन्न ट्रोल समेत बनाएका थिए । जस्तो– मकै गनेको हाँस्यु गर्दा बिरालो तर्सेर भागेको, हातको इसाराले चुरोट मागेको तर नपाउँदा छटपटी भएको, घरको इँटा गनेको आदि ।

यिनले केही क्षण ‘रिफ्रेस’ बनाउलान् तर यति बेला तपाईंको दिमाग सधैंझैं सामान्य छ त ? पक्कै छैन । लकडाउन फेरि थपिएला कि भन्ने चिन्ता छ तपाईंलाई । कोभिड–१९ को असर कहाँसम्म पुग्ला भनेर सोच्न पनि भ्याउनुहुन्छ ।

घरमा ग्यास सकियो भने के गर्ने भन्ने अर्को समस्या अघिल्तिर तेर्सिहाल्छ । बिहान बेलुका मजदुरी गरेर जिबिकोपार्जन गरेर बसेकालाई त झन रोगले भन्दानी भोकले धेरै पिडा दिन थालिसकेको कुरा गिट्टी कुटि जीवन निर्बाह गर्दै आफ्नो बालबच्चा परिवारलाई पाल्दै आउनु भएको बुवाको छुट्टै कथा छ । त्यसबाट उत्पन्न हुने तनावले त झनै मानसिक स्थिति नबिग्रेला भन्न सकिँदैन ।

उमेर अनुसारको युवा, वृद्ध, बालकहरुमा समेत कोरोनाको भाइरसको छाप बसेको छ । दुई वर्षको बालकमा समेत कोरोना भाइरसको शब्द मनस्थितिमा बसिरहेको छ । तपाईंलाई जुन परिस्थितिले चिन्ता उत्पन्न भइरहेको छ भने त्यसलाई समेटेर एउटा कथा रचना गर्नुहोस् र आफ्नो कथालाई ध्यान दिएर पढ्नुहोस् र जुन आफ्नो कथालाई उपयुक्त शिर्षक दिनुहोस् ।

अब तपाईंले कथामा आफुलाइ कस्तो अवस्थामा देख्नुहुन्छ ? आफुलाइ त्यहाँ कस्तो ठाउमा पाउनुहुन्छ र कथालाई बिस्लेषण गर्नुहोस् । के अब तपाईंको आफ्नो बाँकी जीवन कथाको सत्य पीडित पात्र बनेर जिउन चाहनुहुन्छ ? एक पटक सोच्नुस त । या त तपाईं एउटा सुखद मोड आओस भन्ने चाहनुहुन्छ । कथाको पात्र अथवा आफुलाइ पीडित होइन एउटा हिरो वा बिजेताको रूपमा आफुलाइ उभ्याउन चाहनुहुन्छ ।

लेखक ग्रेनिको भनाइअनुसार जब तपाईंले आफ्नो कथाको बिस्लेषण गर्नुहुन्छ तब तपाईंले आफुलाइ एउटा योद्धाको रूपमा पाउनुहुनेछ र त्यसपछि तपाइले आफ्नो जीवनको प्राथमिकताहरु सम्झनुस जस्तै तपाईंको जीवनलाई सफल बनाउनको लागि कुन महत्त्वपूर्ण रहन्छ त्यसलाई सम्झिनुहोस र डायरीमा लेख्ने गर्नुहोस् ।

त्यसपछि ती प्राथमिकताहरुलाइ पटक पटक दोहोराएर पढ्नुहोस् । अब आफ्नो बलियो र सकारात्मक पक्षहरुलाई बुँदागत रूपमा टिपोट गर्दै जानुहोस् । ती कुराहरूलाई पनि पटक पटक पढ्नुहोस् । तपाईं अहिलेसम्म आइपुग्दा कुनै गल्ती गर्नुभएको थियो भने पनि ती गल्तीलाई स्वीकार गर्नुहोस् र ती गल्तीबाट सिक्नुहोस् ।

आफ्नो प्राथमिकताबाट बिचलित भएको भए आगामी दिनको लागि योजना बनाउनुहोस् । सम्झनुहोस् कि तपाईंको जिवनको महत्वपूर्ण व्यक्ति तपाईं नै हुनुहुन्छ । तपाईंको जिवनलाई कस्तो रुप दिने तपाईंको हातमा छ । राम्रो बनाउने कि नराम्रो बनाउने भन्ने कुराको आफैले मनन गर्नुपर्ने हुन्छ ।

सेल्फ क्वारेन्टाइनमा बसिरहेका धेरैको दिमागमा अनगिन्ती विचार खेलिरहेका छन् । मनोचिकित्सकहरू भन्छन्– महामारीको समयमा स्वतः मानसिक रोग केही हदसम्म बढ्छ । बसेर दिनभरि सामाजिक सञ्जालमा कोभिड–१९ सम्बन्धी कुरा र भ्रामक समाचार पढ्दा मानिस मानसिक बिरामी बन्दैछन् । घरमै केही नगरी बस्दा कोभिड–१९ बारे सोच्ने, त्यसकै कुरा गर्ने हुनाले आत्तिने, छटपटी र तनाव हुने समस्या बढिरहेको छ ।

तनाव बाट कसरी मुक्त हुने भन्ने केही तल टिप्पसहरु पनि छ्न् :
– सामाजिक सञ्जालमा धेरै समय नबिताउने
– कोभिड–१९ सम्बन्धी समाचार धेरै नपढ्ने, आधिकारिक मिडियाको मात्र भर पर्ने
– घरायसी काममा ब्यस्त रहने
– आफूलाई व्यस्त राख्ने तथा मनमा लागेका कुरा गर्ने
– राम्रा ज्ञान दिने अथवा सकारात्मक उर्जा दिने खालको पुस्तकहरु पढ्ने, त्यस्तै खाले चलचित्र हेर्ने
– परिवारसँग समय बिताउने
– पोषणजन्य आहार खाने
– किताब पढ्ने, लेख्ने, फिल्म हेर्ने
– सामान्य व्यायाम र योग गर्ने
– पर्याप्त निदाउने
– जाँडरक्सी र अन्य लागुपदार्थबाट टाढा रहने
– महामारी बिस्तारै साम्य हुन्छ भन्ने सोच राख्ने

मनोचिकित्सकहरूका अनुसार कोभिड–१९ को डर र त्रासले नयाँ मानसिक रोगका बिरामी थपिएका त छन् नै पुराना मानसिक रोगीको व्यथा झन् बढेको छ । निद्रा नलाग्दा, आत्तिँदा, घाँटी खसखस गर्दा कोरोना हो कि भनेर कोरोना लागिहाल्छ कि भन्ने शंका गरेर मनमा कुरा खेलाउने र छटपटी हुने समस्या साझा रूपमा देखिएको छ । विश्वभरि नै कोभिड–१९ महामारीका रूपमा फैलिइरहँदा मनमा डर हुनु मानवीय स्वभाव हो । सकारात्मक सोचले दिमाग मात्र होइन, शरीर पनि बलियो बनाउँछ । महामारीसँग भिड्न सक्छु भन्ने सकारात्मक विचार राख्ने गरे यस्ता समस्याबाट मुक्त भइन्छ ।

लेखक सकारात्मक प्रेरणा अभियान नेपालका अध्यक्ष हुनुहुन्छ ।

२०७६ चैत २२ गते प्रकाशित

Loading...