Sun. Oct 6th, 2024

जनपरिचालन अभियान राष्ट्रिय एकताको सन्देश : ईश्वर पोखरेल

२४ जेठ,  धादिङ – नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले भूकम्प पछि उद्धार, राहत र पुननिर्माण कार्यमा कार्यकर्ताको उत्साहजनक सहभागिताले मुलुकको नेतृत्व गर्ने पार्टीको रुपमा आफ्नो पार्टी स्थापित भएको बताउनु भएको छ ।

IMG_8944

धादिङको थाक्रे गाविसमा १५ दिनदेखि अस्थाई टहरा निर्माणमा खटिइरहेका कोशी अञ्चलका कार्यकर्ताहरुको अनुगमन गर्न धादिङ आइपुग्नु भएका पोखरेलले जनपरिचालन अभियानले राष्ट्रिय एकताको सन्देश दिएको बताउनुभयो । भूकम्प प्रभावित ७६ निर्वाचन क्षेत्रका १४ सय स्थानमा २८ हजार स्वयम् सेवक परिचालन गरेको बताउँदै महासचिव पोखरेलले यतिबेला संगठित ढंगबाट पार्टी कार्यकर्ता परिचालन गरी पिडित जनतालाई जोगाउन कार्यकर्ता गाउँ गाउँ पुगेको बताउनुभयो ।

कोशीका साथीहरु धादिङमा छन्, रुकुम रोल्पाका साथीहरु सिन्धुपाल्चोकमा छन् पोखरेलले भन्नुभयो तराइका साथीहरु पहाडमा, पहाडका साथीहरु हिमालमा पुगेर जनताको पिडामा मलम लगाइरहेका छन् । पार्टी परिचालन नै गरेर १० हजार टन खाद्यान्न संकलन गरी विभिन्न स्थानमा पु¥याइएको छ । साँच्चै भूकम्प पछि जनताको घर दैलोमा पुगेर अनुशासित पुर्वक जनताको सेवक बनेर स्वंयम् सेवक कार्यकर्ताले पार्टीको शिर उँचो बनाएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो हामीले हाम्रा स्वंय्सेवकलाई जो साँच्चै पिडामा परेका एकल महिला, बृद्ध, बृद्धा, अशक्त र विपन्नको वस्तिमा पुगेर सहयोग गर्न भनेका छौं स्वंयम् सेवकले पनि स्थानीय पार्टी कमिटीकै सिफारिसमा यस्ता वास्तविक पिडितको घरमा पुगेर आँशु पुछेको रिर्पोट आएको छ । जो पिडित छन् उसको निस्वार्थ सेवाका निम्ति स्वयम्सेवक परिचालन गरिएको बताउनुहुदै उहाँले एमाले स्वयम् सेवकले कुन पार्टी भनेर चिन्दैन यतिबेला मुलुक दुखेको छ, भूकम्पबाट पिडित बनेका जो कोही वास्तविक पिडितलाई सहयोग गर्न निर्देशन दिइएको बताउनुभयो । थाक्रे–२ फोगटपुरमा स्वंयम् सेवहरुले बनाइदिएको गंगा कार्कीको अस्थाई टहरो हस्तान्तरण गर्दै महासचिव पोखरेलले पिडित जनताको आत्मविश्वास जगाउन पार्टी परिचालनले राम्रो काम गरेको बताउनु भयो । पिडामा बसेका जनतामा निराशा कायमै छ, अव संधै निराश बनिराख्न भएन उहाँले भन्नुभयो अव जनता जाग्नु पर्छ आफ्नो काम आफै गर्न थाल्नु पर्ने सन्देश जनतामा दिनु पर्ने बताउनुभयो ।

IMG_8964

सोही कार्यक्रममा उपस्थित नेकपा एमालेका सचिव एवं स्वयम् सेवक परिचालन अभियानका संयोजक गोकर्ण विष्टले यो अभियान जनता जगाउन गरिएको प्रयत्न मात्र भएको बताउनुभयो । एमाले सबै ठाउँमा पुग्न नसक्ला, सबै काम गर्न पनि सक्दैन तर जनताको पिडामा मलम लगाउन र पिडाले निराश बनेका जनता र स्थानीय कमिटीलाई जगाउन उल्लेखनीय भुमीका निर्वाह गरेको उहाँले बताउनुभयो । एमाले केन्द्रिय लेखा आयोगका अध्यक्ष डा.पुष्प कडेलले भूकम्पले दिएको पिडा र नोक्सानीबाट पाठ सिकेर यसैलाई मुलुक निर्माण अवसर बनाएर लाग्नु पर्ने बताउनुभयो । अनुगमनमा एमाले पोलिट्व्युरो सदस्य एवं सोही क्षेत्रका सभासद राजेन्द्र पाण्डे, प्रचार उपप्रमुख सूर्य थापा, केन्द्रिय सदस्य ठाकुर गैरे, बैकल्पिक केन्द्रिय सदस्य खेमलोहनी लगायत जिल्लास्तरीय नेता कार्यकर्ता सहभागी थियो ।

१५ दिनदेखी थाक्रेमा खटिएका कोशी अञ्चलका स्वयम् सेवकले ९९ सय घर एक विद्यालयमा अस्थाई टहरा निर्माण र ३२ घरका भग्नावशेस हटाएर अन्नपात सुरक्षित गर्न सघाएको धादिङ क्षेत्रनम्बर ३ का स्वयम् सेवक परिचालन कमिटीका संयोजक नेत्रराज पौडेलले जानकारी दिनुभयो । थाक्रेमा स्थानीय पार्टीले अस्थाई टहरा बनाउनै पर्ने वास्तविक पिडित भनेर गरेको सिफारिसको आधारमा काम पुरा भएको पनि पौडेलले जानकारी दिनुभयो । क्षेत्र नम्बर २ को मुरली भञ्ज्याङमा विद्यालय पुननिर्माणमा र क्षेत्र नम्बर १ को सल्यानटार र बुढाथुम गाविसमा विद्यालय, स्वास्थ्य चौकी व्यक्तिगत अस्थाई टहरा निर्माणमा स्वयम् सेवक काम गरिरहेको कार्यक्रममा जानकारी गराइएको छ ।

About The Author

अन्य समाचारहरु: