Sat. Jun 6th, 2020

चेपाङ बस्तीमा फैलिएको दादुराको महामारीले दुई बालबालिकाको मृत्यु

धादिङको चेपाङबेस्तीमा फैलिएको दादुरा विरुद्धको खोप लगाउँदै स्वास्थ्यकर्मीको टोली । तस्बिर ः नवराज छत्कुली

२३ चैत, धादिङ


दक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ६ को चेपाङबस्तीहरुमा डेढ महिनादेखि फैलिएको दादुराबाट दुई बालबालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बेनिघाट रोराङ गाउँपालिका–६ कि २९ महिने बालिका अनिसा चेपाङ र वडा नं ४ का आठ महिने शिशु सुशान्त चेपाङ रहेको गाउँपालिकाका स्वास्थ्य प्रमुख शंकरबाबु दुवाडीले बताए । अनिसाको चैत १७ गते र सुशान्तको चैत ११ गते मृत्यु भएको हो ।

गत फागुन ६ गते चेपाङबस्तीका चारजना बालबालिका उपचारका लागि चरौंदी आधारभूत स्वास्थ्य चौकीमा गएकोमा लक्षणका आधारमा दादुरा हुनसक्ने देखिएपछि विशेष ध्यान दिएको बेनिघाट रोराङ गाउँपालिकाका स्वास्थ्य संयोजक शंकरबाबु दुवाडीले बताए । गम्भिर बिरामीहरुलाई गाउँपालिकाको एम्बुलेन्सबाट उपचारका लागि कान्ति बालअस्पताल, काठमाडौं लगिएको थियो ।

दादुराको महामारी भएपछि बेनिघाट रोराङ गाउँपालिकाले स्वास्थ्य कार्यालय धादिङमा महामारी नियन्त्रणमा सहयोग गर्न चैत्र १८ गते पत्राचार समेत गरेको स्वास्थ्य संयोजक दुवाडीले बताए । दादुरा रुवेलाको खोप अभियान सुरु भएकै बेला वडा नं. ६ मा पर्ने बुमराङ, रोतेश, सोलडाँडा, सार्लिङ लगायतका.चेपाङ बस्तीमा दादुराको महामारी फैलिएको हो ।

बस्तीमा रहेका ६ महिना देखि १५ बर्ष उमेर समूहका ५० भन्दा बढि बालबालिकामाा दादुरा देखिएको छ । अहिलेसम्म एक सय ५० भन्दा बढी बिरामी परेका छन् । दुई सय जनालाई खोप लगाइएको छ ।

गत फागुन १८ गते नै स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा र स्वास्थ्य कार्यालय धादिङको टोलीले दादुराको महामारी भएको निश्चित गरेको थियो । तर महामारी नियन्त्रण गर्न तयारी गरिरहेकै बेला कोरोना भाइरस कोभिड–१९ का कारण अभियान प्रभावित भएको गाउँपालिकाले जनाएको छ ।

२०७६ चैत २३ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: