Sat. Jun 6th, 2020

क्वारेन्टाइनमा बसेका धादिङमा २९ जना घर फर्किए

धादिङको नीलकण्ठ नगरपालिकामस्थित डिभिजन वन कार्यलयको भवनमा निर्माण गरिएको क्वारेन्टाइन ।

२३ चैत, धादिङ


क्वारेन्टाइनमा बसेका धादिङका २९ जना घर फर्किएका छन् । रोजगारी तथा अन्य शिलशिलामा विदेश गएर फर्किएकाहरुलाई विश्वभरी नै महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण हुन नदिन क्वारेन्टाइनमा राखिएको थियो । स्वास्थ्य परिक्षण गरी १४ दिनसम्म राखिएकोमा कुनै संक्रमण नदेखिएपछि घर फर्काइएको नीलकण्ठ नगरपालिकाका स्वास्थ्य संयोजक विष्णु रिजालले जानकारी दिए ।

नेत्रावती डबजोङ गाउँपालिकाको कन्यादेवीबाट २० जना, डिभिजन वन कार्यलय, नीलकण्ठको क्वारेन्टाइनबाट ४ जना, राजमार्ग सामुदायिक अस्पताल र बैरेनीको बागेश्वरी माविको क्वारेन्टाइनबाट दुई/दुई जना र गंगाजमुना गाउँपालिकाको शान्ति आविमा निर्माण गरिएको क्वारेन्टाइनबाट एकजना घर फर्किएका हुन् । क्वारेन्टाइन पुगेकाहरूलाई स्थानीय तहले स्वास्थ्य जाँच गराएर घर फर्किने वातावरण बनाएको रिजालले बताए । अब जिल्लाभर क्वारेन्टाइनमा बस्ने ६६ जना रहेको प्रहरी निरीक्षण जयन्ती थापाले जानकारी दिइन् ।

जिल्लाभर १३ वटै स्थानीय तहहरुका ५९ वटा ठाउँमा ५ सय ९० बेडको क्वारेन्टाइन निर्माण गरिएको छ । स्थानीय तहहरु आफैले स्वास्थ्य परीक्षण, खानाको सुविधासहित क्वारेन्टाइन निर्माण गरेको छ ।

नेपाल लगायत विश्वभर कोराना भाइरस (कोभिड–१९) को संक्रमणले त्रसित बनाएको छ । चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि देखिन थालेपछि सर्तकता अपनाइएको छ । रोजगारी, अध्ययन तथा विभिन्न कामले विदेशीएका मध्ये ४ सय ७९ जना स्थानीय तह, प्रशासन तथा प्रहरीको सम्पर्कमा आएका छन् । विदेशबाट फर्कने मध्ये सबैभन्दा बढी भारतबाट ३ सय ९३ जना छन् । त्यस्तै दुबईबाट ३७, कतारबाट १७ जना र अरु अन्य देशबाट रहेका छन् ।

२०७६ चैत २३ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: