Fri. Mar 29th, 2024

बागेश्वरी माविको क्वारेन्टाइनमा रहेका १७ जना घर फर्किए

२५ चैत, धादिङ


धादिङको गल्छी गाउँपालिका वडा नं ६ बैरेनीस्थित बागेश्वरी माध्यमिक विद्यालयमा निर्माण गरिएको क्वारेन्टाइनमा रहेको १७ जना घर फर्किएका छन् ।

क्वारेन्टाइनमा रहेका १८ जना मध्ये १७ जनालाई मंगलबार स्वास्थ्य जाँच गरेर घर फर्काइएको गल्छी गाउँपालिको जनाएको छ ।

कोरोना भाइरस (कोभिड १९) को सम्भावित जोखिमबाट बच्न गाउँपालिकाले रोजगारीका क्रममा भारत गएर फर्किएका र अन्य देशबाट आएकाहरुलाई क्वारेन्टाइनम राखेका थिए । बागेश्वरी माध्यमिक विद्यालयमा २५ शैयाको क्वारेन्टाइन कक्ष छन् ।

२०७६ चैत २५ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: