Fri. Mar 29th, 2024

वन कार्यालय धादिङको क्वारेन्टाइनमा बसेका १० जना घर फर्किए

धादिङको नीलकण्ठ नगरपालिकामस्थित डिभिजन वन कार्यलयको भवनमा निर्माण गरिएको क्वारेन्टाइन ।

२५ चैत, धादिङ


धादिङको नीलकण्ठ नगरपालिका वडा नं ३ स्थित डिभिजन वन कार्यालयमा निर्माण गरिएको क्वारेन्टाइनमा बसेका १० जना घर फर्किएका छन् । रोजगारी तथा अन्य शिलशिलामा विदेश गएर फर्किएकाहरुलाई विश्वभरी नै महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण हुन नदिन क्वारेन्टाइनमा राखिएको थियो ।

स्वास्थ्य परिक्षण गरी १४ दिनसम्म राखिएकोमा कुनै संक्रमण नदेखिएपछि घर फर्काइएको नीलकण्ठ नगरपालिकाका स्वास्थ्य संयोजक विष्णु रिजालले जानकारी दिए ।

क्वारेन्टाइनबाट फर्किएकाहरु नीलकण्ठ नगरपालिका वडा नं ६ सुनौलाबजारका हुन् । उनीहरु भारतबाट आएका थिए । अब क्वारेन्टाइनमा ५ जना बाँकी छन् ।

जिल्लाभर १३ वटै स्थानीय तहहरुका ५९ वटा ठाउँमा ५ सय ९० बेडको क्वारेन्टाइन निर्माण गरिएको छ । स्थानीय तहहरु आफैले स्वास्थ्य परीक्षण, खानाको सुविधासहित क्वारेन्टाइन निर्माण गरेको छ ।

२०७६ चैत २५ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: