Fri. Mar 29th, 2024

नेशनल माइक्रोफाइनान्सले कोरोना कोषका लागि ६० लाख सहयोग गर्ने

२५ चैत, धादिङ

धादिङको नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङबेसीमा केन्द्रिय कार्यलय रहेको नेशनल माइक्रोफाइनान्स लिमिटेड वित्तीय संस्था लि.ले कोरोना भाइरस रोकथामका लागि संघिय र स्थानीय सरकारले स्थापना गरेको कोरोना कोषमा ६० लाख रुपैया सहयोगको घोषणा गरेको छ ।

विश्वभरी नै महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमणको रोकथाम, नियन्त्रण तथा उपचार कोषको नाममा रहेको राष्ट्रिय बाणिज्य बैंकको खातामा रु.१० लाख जम्मा गर्ने र स्थानीय सरकारसँग समन्वय गरी राहत वितरणका लागि ५० लाख सहयोग गर्ने बताइएको छ ।

स्थानीय सरकारसँग समन्वय गरी संस्थाको समूहमा आवद्ध सदस्यहरु मध्ये हालको विपद्मा दैनिक दुई छाक टार्न पनि समस्यामा परेका अति विपन्न परिवारहरुलाई खाद्यान्न व्यवस्थापनको लागि रु.५० लाख गरी कुल ६० लाखको आर्थिक सहयोग प्रदान गर्ने फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले जानकारी दिए ।

संस्थाले प्रदान गरेको उक्त रकमले सरकारको कोरोना भाईरस रोकथाम तथा नियन्त्रणको प्रयासमा सहयोग पु¥याउन र दैनिक ज्याला मजदुरीको कार्य गरी दैनिक जिवनयापन गर्दै आएकाहरुलाई राहत मिल्ने यादवले बताए । विपद्मा संस्थामा आवद्ध अति विपन्न समूह सदस्यहरुलाई तत्काल राहत पु¥याउन थोरै भएपनि सहयोग पुग्ने विश्वास गरिएकोे छ ।

फाइनान्सले हाल सम्ममा देशको सात वटै प्रदेशमा गरी ४७ वटा जिल्लामा ६५ वटा शाखा कार्यालय मार्फत ९० हजार भन्दा बढि विपन्न परिवारलाई सेवा पु¥याइरहेको छ । यस अवधिसम्म ४ अर्ब २५ करोड कर्जा लगानीमा रहेको छ भने ग्राहक सदस्यहरुबाट कुल बचत १ अर्ब ६० करोड संकलन गर्न सफल भएको संस्थाले जनाएको छ ।

२०७६ चैत २५ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: