Sat. Jun 6th, 2020

कोरोनाको आशंका गरिएका धादिङमा एक व्यक्तिको रिर्पोट नेगेटिभ


२५ चैत, धादिङ

धादिङमा कोरोना भाइरस (कोभिड १९) को आशंका गरिएका एक व्यक्तिको रिपोर्ट नेगेटिभ आएको छ।

जिल्ला अस्पतालको आइसोलेशन वार्डमा गत चैत २० गते भर्ना भएका जिल्लाको नीलकण्ठ नगरपालिका वडा नं १४ का १८ बर्षीय आयुस तामाङको रिर्पोट नेगेटिभ आएको जिल्ला अस्पताल धादिङले जानकारी दिएको छ । स्वास्थ्य परिक्षण गर्दा कोरोनाको शंकास्पद लक्षण देखिएपछि अस्पतालको आइसोलेशन वार्डमा भर्ना गरिएको थियो ।

उनको स्वाब परिक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएकोमा मंगलबार नेगेटिभ (कुनै पनि संक्रमण नभेटिएको) आएको मेडिकल सुपरिटेन्डेण्ड सफलता देवी कोजुले जानकारी दिइन् ।

२०७६ चैत २५ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: