Fri. Mar 29th, 2024

थाक्रे गाउँपालिकाद्धारा सुरक्षाकर्मीलाई पीपीई र मास्क प्रदान


७ बैशाख, धादिङ


विश्वभरी रुपमा फैलिदै गएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बच्न देश लकडाउनमा छ ।

संक्रमणबाट बच्न धादिङको १३ वटै स्थानीय तहहरुले सर्तकता अपनाएको छ । जिल्लाको थाक्रे गाउँपालिकाले पालिकाभित्रको महादेबेसी, सिम्ले र हाप्सेचौर प्रहरी चौकीमा रहेका सुरक्षाकर्मीहरुलाई व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) र मास्क प्रदान गरेको छ ।

कोरोना भाइरसको संक्रमणबाट बच्न र सुरक्षार्थ खटिरहेकाहरुको जीवन रक्षाका लागि प्रदान गरिएको गाउँपालिकाका उपाध्यक्ष अम्बिका रुपाखेतीले बताइन् ।

२०७७ बैशाख ७ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: