Fri. Apr 19th, 2024

कोरोना भाइरस संक्रमण भएर निको हुनेको संख्या ४ पुग्यो


७ बैशाख काठमाडौँ –


नेपालका विभिन्न अस्पतालमा उपचाररत कोरोना संक्रमितमध्ये चार जना उपचारपछि निको भएर घर फर्किएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा आइतबारसम्म विभिन्न अस्पतालमा उपचाररत ४ जना निको भएर घर फर्किएको बताएको छ ।

बागलुङको धौलागिरी अस्पतालबाट ६५ वर्षिया मनकुमारी पौडेल र टेकु अस्पतालबाट १९ वर्षिया प्रशिद्धि श्रेष्ठ शनिबार निको भएर फर्किएका छन्। आइतबार कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत २१ युवालाई डिस्चार्ज गर्ने तयारी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाले बताए।

दोस्रो र तेस्रो परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गर्ने तयारी भएको उनले बताए। गत चैत ११ गते भारतबाट फर्किएका ती युवकमा क्वारेन्टाइनमा बसेको १३ दिनपछि कोरोना पोजेटिभ देखिएको थियो। चीनबाट आएका कोरोना संक्रमित यसअघि नै डिस्चार्ज भइसकेका छन्।

मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा ३१ जनामा कोरोना पोजेटिभ देखिएको छ। अहिले २७ जना उपचाररत रहेका छन्। शनिबार उदयपुरमा एकजनामा कोरोना पोजेटिभ देखिएसँगै संक्रमितको संख्या ३१ पुगेको हो। मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार आइतबारसम्म पिसिआर विधिबाट ८ हजार ८१ जनाको परीक्षण गरिएको छ। आरडिटी विधिबाट २१ हजार ४ सय ८६ जनाको परीक्षण गरीएको उनले बताए ।

२०७७ बैशाख ७ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: