Fri. Mar 29th, 2024

कोरोना भाइरसबाट २४ लाखभन्दा धेरै सङ्क्रमित, ६ लाख २४ हजारभन्दा धेरै निको भए


८ बैशाख, एजेन्सी–

विश्वका विभिन्न देशमा २४ लाखभन्दा धेरैमा कोरोना भाइरसb(कोभिड १९) को सङ्क्रमण पुष्टि भएको छ । दुई सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा भाइरस फैलिँदा २४ लाख चार हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको हो ।

सङ्क्रमितमध्ये ६ लाख २४ हजार आठ सय ४८ जना निको भएका छन् । १६ लाख १५ हजारभन्दा धेरैको उपचार भइरहेको छ । उपचार गराइरहेकामध्ये ५४ हजार दुई सय २५ जना गम्भीर अवस्थामा रहेको र बाँकी १५ लाख ६० हजारभन्दा धेरैको अवस्था सामान्य रहेको वल्डोमिटरले जनाएको छ । सङ्क्रमणका कारण एक लाख ६४ हजारभन्दा धेरैको ज्यान गएको छ ।

संयुक्त राज्य अमेरिकामा मात्रै ४० हजार पाँच सयभन्दा धेरैको ज्यान गएको छ भने सात लाख ६४ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ । यस्तै इटलीमा २३ हजार ६ सयभन्दा धेरै, स्पेनमा २० हजार चार सयभन्दा धेरै, फ्रान्समा १९ हजार सात सयभन्दा धेरै र बेलायतमा १६ हजारभन्दा धेरैको ज्यान गएको छ ।

यस्तै भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा १६ हजार एक सय १६ जनामा कोरोना पुष्टि भएकोमा पाँच सय १९ जनाको ज्यान गएको छ ।


२०७७ बैशाख ८ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: